काठको पोल विस्थापन गर्न उर्जामन्त्री पुनको निर्देशन

Maxresdefault

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले काठ र स्टिलका पोलले दुर्घटना बढाएको भन्दै हटाउन निर्देशन दिएका छन् ।

ऊर्जामन्त्री पुुनले आइतबार ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङ, सामुदायिक विद्युत उपभोक्ता महासंघका अध्यक्ष नारायण ज्ञवालीसँग छलफल गरेर विद्युतीकरणको सुरक्षाको पाटोलाई ध्यान दिन पनि आग्रह गरे ।
विद्युतीकरणमा गुणस्तरहीन काम समेत हुने गरेको उल्लेख गर्दै ऊर्जामन्त्री पुनले गुणस्तरयुक्त काम बनाउने दिशातर्फ ध्यान दिन पनि निर्देशन दिए ।

मन्त्री पुनले काठको पोल प्रयोग गरेको कारण भएका मानवीय क्षतिलाई कम गर्न र देशभर काठका पोलहरु विस्थापित गर्न मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लैजाने जानकारी समेत दिए ।
उनले रामेछाप लगायत मुलुकका विभिन्न ठाउँमा विजुलीको नांगो तारले छोएर चार जनाको ज्यान गएको घटनाप्रति दुःख समेत व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...