तिनाउको दुर्घटनामा २ जनाकोे मृत्यु

सिद्धबाबाम

पाल्पा । तिनाउ गाउँपालिका–३, सिद्धबाबा नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।

आइतबार अपराह्न ट्रकले अगाडि गुडिरहेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जना २५० मिटर तल तिनाउ खोला किनारमा खस्दा मृत्यु भएको प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

माथागढी गाउँपालिका–२, आँपटारीका ४० वर्षीय माधव कुमाल र १९ वर्षीय उमेश कुमालको मृत्यु भएको छ ।

पाल्पाबाट बुटबल जाँदै गरेको ना३ ख१००८ नंको ट्रकले सोही दिशातर्फ गइरहेको लु२१ ख९६८० नंको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

तिनाउ खोलाबाट उनीहरुको शव डोरीको प्रयोग गरेर निकाल्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकल सडकभन्दा केही तल भीरमा अड्केको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...