मोटरसाइकल दुर्घटना हुँदा २ जना भीरमा अड्किए

Tinau

वुटवल । रुपन्देहीको तिनाउँ गाउँपालिका-३ हेडबक्स नजिकै मोटरसाइकल दुर्घटना हुँदा २ जना भीरमा अड्किएका छन् ।

लु२१ प९६८० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा पाल्पाको तानसेन नगरपालिका(७ का माधन कुमाल र उनका छोरी उमेश कुमाल भीरमा अड्किएको प्रहरीले जानकारी दिएको छ । उनीहरुको अवस्था के छ भन्ने थाहा हुन सकेको छैन ।

भीरमा जान सक्ने अवस्था नभएकोले उनीहरुलाई डोरी लगाएर उद्दार गर्ने तयारी गरिएको प्रहरीले बताएको छ ।

दुर्घटनामा परेको मोटरसाइकल भने सडकमै छ । दुर्घटनाका क्रममा माधव र उमेश हतासिएर भीरमा पुगेको हुनसक्ने प्रहरीले बताएको छ ।

कुमालका बाबुछोरा तानसेनबाट बुटवलमा आफन्त भेट्न आउँदै थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...