यस्तो क्याफे जहाँ पैसा होइन, प्लास्टिकका फोहोर दिएर चाहेजती खान पाइन्छ

Rubbish cafe

एजेन्सी । हामीले रेस्टुरा अथवा क्याफे देखि जुनसुकै ठाउँमा पनि पैसा नतिरि केहि खान पाउँदैनौ तर यो दुनियाँमा एउटा यस्तो क्याफेमा छ जहाँ तपाईं आफ्नो घरमा भएका प्लास्टिकका फोहोरको सहाराले पेटभर खान पाउनुहुन्छ ।

बेलायतको लण्डनमा रहेको द रबिस क्याफेमा तपाईं लाई फोहोरको बदलामा खानेकुरा प्राप्त हुन्छ । उक्त क्याफेमा मनपर्ने स्न्याक्स वा खानाको मज्जा लिनका लागि घरमा रहेका प्लास्टिकका फोहोर लैजानु आवश्यक हुन्छ । तर एउटा शर्त के छ भने तपाईंले लग्ने फोहोर रिसाइकल गर्न सकिने खालको हुनुपर्दछ ।

यो क्याफे महिनामा जम्मा २ दिन मात्र खुल्दछ । ग्राहकले पैसा होइन, प्लास्टिकको फोहोरले खाएको बिल भुक्तान गर्दछन् । जो पहिले आउँछ उसैले पाउँछ भन्ने नीति अनुसार ग्राहकलाई खानेकुरा पस्किइन्छ ।

इ–कभर नामको संस्थाले वातावरण विनासको मुख्य कारकतत्वको रुपमा रहेको बढ्दो प्लास्टिक फोहोर कम गर्नका लागि यो नौलो सोचसहितको क्याफे खोलेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...