स्कूल बस दुर्घटना हुँदा ५९ बालबालिका घाइते, सहचालक र एक बालिका गम्भीर

School bus

काठमाडौं । भक्तपुरको चागुनारायणमा आज साना बालबालिका बोकेको स्कूल बस दुर्घटना भएको छ । दुर्घटनामा ५८ जना बालबालिकाहरु र बसका सहचालक गरी ५९ घाइते भएका छन् । सहचालक अनिल थापा र अन्दाजी ४ वर्षिया बालिका प्रतिज्ञा श्रेष्ठको अवस्था गम्भिर रहेको बताइएको छ ।

काठमाडौको मूलपानी स्थित कृश्चियन कम्यूनीटि स्कूलको बा. १ क ९२५० नम्बरको स्कूल बस
भक्तपुर जिल्लाको चागुनारायण नगरपालिका १ स्थित दुवाकोटमा दिउँसो सवा चार बजे दुर्घटना भएको हो । स्कूल छुट्टीभई विद्यार्थीहरुलाई लिएर नेपाल इन्जिनियरीङ कलेज चागुनारायणतर्फ जाँदै गरेको अवस्थामा साघुरो बाटोमा दायाँतर्फ रहेको खाल्डो छलाउन खोज्दा बाटो भासिएर सो दुर्घटना भएको बताइएको छ ।

बस दुर्घटना हुनासाथ सशस्त्र प्रहरीले तत्कालै उद्वार गरेको थियो । सो दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल गुहेश्वरी गण दुवाकोटबाट सशस्त्र प्रहरी निरीक्षक हरेराम शर्माको कमाण्डमा खटिएको एपीएफ टोली तत्कालै दुर्घटना स्थलमा पुगी उद्वार कार्यमा जुटेको थियो ।

एपीएफ टोलीले आवश्यक उपचारको लागि घाईते भएका बालबालिकाहरुमध्ये १८ जनालाई नागरीक सामुदायिक अस्पताल गट्ठाघर र ४१ जना घाइतेहरुलाई मध्यपुर ठीमी अस्पताल पुयाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...