जुम्लामा चल्यो गोली, एक घाइते

Jumla 3

जुम्ला । २० दिनदेखि अनसनमा बसेका डा. गोविन्द केसीलाई काठडमौं ल्याउन प्रदर्शनकारीले रोक लगाएपछि प्रहरीले गोली चलाएको छ ।

डा. केसी अनशनरत खलङ्गास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गोली चलेको हो । डा. केसीको अवस्था गम्भीर भएपछि उनलाई काठमाडौं पठाउन गएका प्रहरीको टोली र प्रदर्शनकारीबीच झडप भएको थियो । सोही क्रममा प्रहरीले गोली चलाएको हो ।

केसीको जीवनरक्षाका लागि सरकारले उनलाई काठमाडौँ ल्याउने तयारी गरेपछि झडप भएको हो ।

झडपका क्रममा १० जना भन्दा बढी घाइते भएका छन् । प्रतिष्ठान परिसरमा विद्यार्थी, महिलादेखि अन्य सर्वसाधरणको पनि बाक्लो उपस्थिति छ ।

प्रहरीले चलाएको गोली लागेर एकजना प्रहरी घाइते भएका छन् । गोली लागेका प्रहरीको अहिले चिकित्सकहरुले प्रतिष्ठानकै बेडमा राखेर उपचारर गरिरहेका छन् । डा. केसीलाई काठमाडौं उनका लागि नेपाली सेनाको हेलिकोप्टर बिहानै जुम्ला पुगिसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...