ढिस्को खस्दाँ अँधेरीमा ३ जनाको मृत्यु

Dddeettthhh

गोरखा  । सुतिरहेको ठाउँमा ढिस्को खस्दा लखन गाउँपालिका-६ घैरुङ, अँधेरीमा ३ जनाको मृत्यु भएको छ ।

स्थानीय नवराज कुँवरको घरमा साउने संक्रान्ति मनाउन आएका भान्जी, उनका छोरा र भतिजी पुरिएका हुन् । २० वर्षिय सरु कुँवर, छोरा ८ महिने युनिक कुँवर र ११ वर्षिय प्रवीना कुँवरको मृत्यु भएको हो ।

नवराज बिहान उठेर घरधन्दामा लाग्दै गर्दा भान्जी र भतिजी सुतेको कोठा पुरिएको देखेपछि आत्तिएर उनले तत्काल गाउँले गुहारेका थिए ।

‘पानी दर्किरहेको थियो, सुतिरहेको कोठा पछाडिको ढिस्को भत्किएर पुरेछ,’ स्थानीय कृष्ण कुँवरले भने, ‘बन्चरोले ढोका फोडेर भित्र पस्यौं, उनीहरूको त्यहीँ मृत्यु भइसकेको रहेछ ।’ पहिरो पन्छाउन २० मिनेटजति लागेको दिलीपनारायण थापाले बताए ।

घटनाबारे सूचना पाएपछि सदरमुकामबाट नेपाली सेना र प्रहरीको टोली घटनास्थल पुगेको थियो । ‘वैकल्पिक बाटो प्रयोग गरेर सेना र प्रहरी त्यहाँ पुर्यायौं,’ प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले भने ।
जिल्ला अस्पतालका चित्किसकले घाटमै पुगेर पोस्टमार्टम गरेपछि तीनै जनाको बुधबारै अन्तिम संस्कार गरिएको थियो । उक्त गाउँका अन्य ७ घर पनि जोखिममा रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...