नारायणगढ-मुग्लिन सडक सञ्चालन

Pokhra ropad

चितवन । बिहीबार विहानदेखि अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ ।

इच्छाकामना गाउँपालिका-६ टोपे खोलामा ५ बजे पहिरो खसेर अवरुद्ध भएका पहिरो पन्छाइएपछि सो सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ ।

पहिरो पन्छाउनका लागि दुबैतर्फबाट डोजर प्रयोग गरिएको थियो । सडक सञ्चालनमा आएसंगै पहिरोका कारण रोकिएका सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

सडक निर्माणका क्रममा बिभिन्न ठाउँमा भित्तो काटिएका कारण जुनसुकै समयमा पनि पहिरो खस्न सक्ने भन्दै सजग भएर यात्रा गर्न प्रहरीले सबैलाई अनुरोध गरेको छ ।

 

 

प्रतिकृया दिनुहोस