पर्यटकीय स्थल छोरेपाटनमा सिसी क्यामेरा जडान

Cctv cameras

पोखरा । पोखराको महत्वपूर्ण पर्यटकीय स्थल छोरेपाटन क्षेत्रको शान्ति सुरक्षालाई दृष्टिगत गरी विभिन्न ठाउँमा सिसी क्यामेरा जडान गरिएको छ ।

डेभिज फल क्लबको सकृयतामा सिद्धार्थ राजमार्गको बराल फिडदेखि छोरेपाटन प्रहरी चौकी हुँदै बरको चौतारासम्म एक किलोमिटरभन्दा बढी सडक क्षेत्रमा हालै १० लाखको लागतमा क्यामेरा जडान गरिएको हो ।

क्लबका अध्यक्ष गोपाल बरालका अनुसार सिसी क्यामेरा जडानका लागि पोखरा महानगरपालिकाको ३ लाख ८० हजार, गुप्तेश्वर गुफा व्यवस्थापन समितिको ३ लाख ५० हजार, बरालफिडको ५० हजार सहयोग प्राप्त हुनुको साथै २ लाख २० हजार क्लबको खर्च भएको छ ।

डेभिज फल क्लबले आगामी साउन ५ गते एक समारोहका बीच जडित सिसी क्यामेरासहितको सम्पूर्ण प्रविधि छोरेपाटन प्रहरी चौकीलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको क्लबका उपाध्यक्ष पुष्प बरालले जानकारी दिए ।

सिसी क्यामेरा जडानसँगै धार्मिक एवं पर्यटकीय क्षेत्र गुप्तेश्वर गुफा, डेभिज फल (पातले छाँगो) लगायत छोरेपाटन प्रहरी चौकीको शान्ति सुरक्षामा समेत सहयोग पुग्ने विश्वास लिइएको छ ।

अपराध अनुसन्धान, चोरीलगायत आपराधिक घटनाका अभियुक्तलाई छिटोछरितो पक्राउ गरी कानूनी दायरामा ल्याउन र सवारी दुर्घटना न्यूनीकरणमा समेत सिसी क्यामेरा सहयोगी बन्ने विश्वास छोरेपाटन प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक लोकबहादुर रोकायाले व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...