स्वयम्भू मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु

Ac

काठमाडौं । स्वयम्भूमा बुधबार साँझ मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

कंलकीबाट बालाजुतर्फ आइरहेको बा९६प ५९३७ नंको मोटरसाइकललाई सोही दिशाबाट आइरहेको ना६ख ५६४८ नंको डिब्बाले ठक्कर दिँदा मोटरसाइकल पछाडि बसेका गोरखा सुलिकोटका ६६ वर्षीय मोहन पनेरु क्षेत्रीको मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले डिब्बाको ठक्करबाट गम्भीर घाइते भएका पनेरुको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लैजाने क्रममा बाटोमा निधन भएको जानकारी दिए ।

मोटरसाइकल चालक रौतहटका ३२ वर्षीय रन्जित तिमल्सेना भने घाइते भएका छन् । डिब्बाका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...