गंगामायाको अनशन तोडाउँदा गरेको प्रतिवद्धता अनुगनमन गर्न समिति गठन

Ganga maya adhikari

काठमाडौं । सरकारले गंगामाया अधिकारीलाई अनशन तोडाउँदा गरेको प्रतिबद्धता कार्यन्वयन भए-नभएको सम्बन्धमा अनुगमन गर्न एक समिति गठन गरेको छ ।

समितिमा गृहमन्त्रालयका उपसचिव वशिष्टकुमार घिमिरे र गंगामायाका तर्फबाट कनकमणि दीक्षित, चरण प्रसाईं, सुबोध प्याकुरेल, बाबुराम गिरी र रामआशिष कार्की रहेको कानून, न्याय तथा संसदीय मामिला प्रवक्ता रमेश ढकालले जानकारी गराए ।

उनका अनुसार समितिले सरकारले गंगामायासँग अनशन तोडाउने क्रममा गरेको प्रतिबद्धताको कार्यन्वयनको स्थिति तथा परिपालनाका सम्बन्धमा अनुगमन गर्नेछ । गत असार २९ गते कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले सरकारले न्याय दिने प्रतिबद्धता जनाएपछि गंगामायाले राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माको हातबाट जुस खाएर अनशन तोडेकी थिइन् ।

गोरखा फुजेलकी ५८ वर्षीया गंगामाया गत जेठ १५ गतेदेखि छोरा कृष्णप्रसादको हत्यामा संलग्नमाथि कारबाहीको माग गर्दै वीर अस्पतालमा आमरण अनशनमा बसेकी थिन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...