कहिले बनाउँछन् स्थानीय तहले गुरुयोजना ?

Pyauthan jilla

प्युठान । कुनै आयोजना वा परियोजना पूरा गर्न गुरुयोजना बनाइएको हुन्छ । तर, जिल्लाका कुनै पनि स्थानीय निकायले आफ्नो गुरुयोजना बनाउन सकेका छैनन् ।

गुरुयोजना नै नबनाई यहाँका सबै स्थानीय तहहरुले एक आर्थिक वर्ष पार गरिसकेका छन् । तर अहिलेसम्म गुरुयोजना बनाउन कसैले ध्यान दिएका छैनन् । कुनै पनि ठूला योजना चरणबद्ध तवरले पूरा गर्नुपर्ने हुन्छ । तर यहाँ त्यसअनुरुपको बजेट व्यवस्थापन गरेको देखिँदैन ।

गएको आर्थिक वर्ष र चालु आर्थिक वर्षमा सबै स्थानीय तहहरुले गुरुयोजना बिनै बजेट विनियोजन गरेका छन् । कतिपय स्थानीय तहहरुले चाँही गुरुयोजना बनाउन रकम खर्चिन थालेका छन् । तर, ती स्थानीय तहहरुले कस्तो गुरुयोजना बनाए भन्ने कुरा जनताले हेर्न पाएका छैनन् ।

गुरुयोजना किन ?
गुरुयोजना बिना केही काम गर्न सकिन्न । त्यसमा पनि सरकारी निकायले त गुरुयोजना बनाउन सकेन भने दीघकालीन काम गर्न सक्दैनन् । गुरुयोजना बिना स्थानीयस्तरमा कुनै पनि ठूला योजना सम्पन्न गर्न सकिँदैन ।

५ वर्षपछि गाँउपालिका तथा नगरपालिकाका सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि क्षेत्र, सामाजिक र आर्थिक विकासमा के कस्ता उपलब्धीहरु हासिल गर्ने, औद्योगिक क्षेत्र, लघु उद्यमशिलता, स्वरोजगार तथा आत्मनिर्भरतामा कस्तो परिणाम हासिल गर्ने ? आदी विषयमा गुरुयोजना बनाइन्छ ।
तर, स्थानीय तहका सरकारले गुरुयोजनामार्फत विकासको खाका प्रस्तुत गर्न सकेका छैनन् । कुनै पनि ठूला योजनामा अल्पकालीन तथा दीर्घकालीन सोच सोच बिना बजेट मात्रै विनियोजन गरिँदा बजेट त खर्च हुन्छ । तर, त्यसले राम्रो परिणाम भने दिन सक्दैन ।

हचुवाका भरमा बजेट खर्च गर्ने परिपाटीले योजना र परियोजनाबाट दीर्घकालीन लक्षित सफलता पाउन नसकिने जानकारहरु बताउँछन् । ‘विषय विज्ञ बिना नै गुरुयोजना बनाउँदा त्यसको परिणाम सार्थक हुँदैन’ नेपाली कांग्रेस प्यूठानका सचिव देवेन्द्र बर्माले भन्छन्, ‘गुरुयोजना बनाउँदा स्थानीय सरकारले समुदायसँग र आमसरोकार पक्षसँग समन्वय गर्नुपर्दछ ।’

प्युठानको आर्थिक समृद्धिको मुल अस्त्र कृषि क्षेत्र नै हो । यसको विकासका लागि स्थानीय तहले स्तरीय गुरुयोजना बनाउनुपर्ने सुझाव छ बैंकिङ विज्ञ मदनबहादुर केसीको । ‘परम्परागत कृषि प्रणालीलाई परिवर्तन गर्नैपर्दछ’ केसीले भने, ‘आधुनिक तथा व्यवसायिक खेतिमा कृषकलाई प्रत्यक्ष फाईदा पुग्ने खालका कार्यक्रम बनाउन नितान्त आवस्यक छ ।’

जिल्ला समन्वय समितिका प्रमुख केशवराज आचार्यको भनाई पनि स्थानीय तहले दीर्घकालीन महत्व राख्ने गुरुयोजना बनाउनुपर्छ भन्ने नै छ । तर, स्थानीय तहहरुले नीतिगत रुपमा दीर्घकालीन महत्व राख्ने योजनाबारे स्पष्ट रुपमा खाका तयार गर्न सकिरहेका छैनन् ।

‘प्रोफाईल बनाएर दीर्घकालीन सोचका साथ अघि बढ्नुपर्छ’ उनी भन्छन्, ‘जनप्रतिनिधिहरुको क्षमता विकासमा अभिमुखीकरण कार्यक्रम तथा गोष्ठीहरु बेला बखतमा गर्न जरुरी छ । हामीले पनि त्यो सुरु गरको छौं ।’

जनप्रतिनिधि भन्छन्, सुरु भइसक्यो
ऐरावती गाउँपालिकाले यो वर्ष गुरुयोजना तयार पार्ने भनेर ४० लाख रुपैयाँ विनियोजन गरेको छ । प्यूठान नगरपालिकाले पनि गुरुयोजना बनाउन ४० लाख बजेट छुट्टाएको छ ।

झिमरुक गाउँपालिकाले चालु आवमा ५ वर्षे आवधिक योजना तयार गर्न १० लाख बजेट विनियोजन गरेको छ । मल्लरानी गाउँपालिकाले पनि वडा तथा पालिकाको गुरुयोजना तयार गर्न १६ लाख बजेट गरेको छ ।

जिल्लाका सबै सथानीय तहले आफ्नो तहको गुरुयोजना अहिलेसम्म सार्वजनिक गर्न सकेका छैनन् । तैपनि यसै आर्थिक वर्षदेखि भने गुरुयोजना बनाएर काम गर्ने योजनामा छन् स्थानीय जनप्रतिनिधिहरु ।

मल्लरानी गाउपालिकाले पनि वडा तथा पालिकाको यसै वर्ष गुरुयोजना तयार गर्न १६ लाख बजेट विनियोजन गरेको छ । यसबाट गाउँपालिकाको विकासमा टेवा पुग्ने गाउँपालिका प्रमुख अमरध्वज राना बताउँछन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...