प्युठानको नारीकोटमा जीप दुर्घटना, १ को मृत्यु, २ घाइते

Accident  photo

प्युठान । जिल्लाको गौमुखी गाउँपालिका –७ नारीकोटमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बाग्दुलाबाट नारीकोटतर्फ जाँदै गरेको लु १ ज १७४३ नम्बरको जीप नारीकोटमा आइतबार दुर्घटना हुँदा गौमुखी –५ की ५५ वर्षीय कन्यादेवी थापा मगरको मृत्यु भएको हो । उनको नारीकोटस्थित प्राथमिक स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परी गौमुखी –५ बस्ने २२ वर्षीय सम्झना थापामगर र २ वर्षीय प्रियंका थापामगर गम्भीर घाइते भएका छन् । सो घटनामा परी अन्य ५ जना सामान्य घाईते जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले बताए । सामान्य घाइते भएकाहरु स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि घर फर्किएका छन् ।

जीपमा ८ जना यात्रु सवार थिए । रोकि राखेको जीप एक्कासी ब्याक भएपछि दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...