लुटेरा पक्रिन प्रहरीले हान्यो २ राउण्ड गोली

Goli prahar

काठमाडौं । प्रहरीले कुख्यात लुटेरा अम्बरबहादुर पुन ‘खुँडे’माथि गोली हानेको छ ।

महागनरीय अपराध महाशाखाले लुटपाटमा संलग्न ‘खुँडे’लाई नियन्त्रणमा लिन दुई राउण्ड गोली चलाएको हो । गोली लागेर उनी घाइते भएका छन् ।

पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रमण गर्न प्रयास गरेपछि महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीमाथि जंगलमा भएको मुठभेड भएको र सोक्रममा उनलाई पक्राउ गर्दा दुई गोली लागेको अपराध महाशाखाले जनाएको छ ।

विगतमा पनि पक्राउ परेर छुटेका उनले गत जेठ २४ मा १९ लाख ६० हजार रुपैयाँ लुटेका थिए । ताप्लेजुङका वीरेन्द्र तामाङको पैसा उनले लुटेका हुन् । सस्तोमा डलर साटिदिने भन्दै बोलाएर लुटेका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...