रवि लामिछाने सही छन् की गलत ? कि अति भएपछि खति ?

Rabi lamichane

काठमाडौं । कार्यशैली गलत भए पनि वा सही भए पनि चर्चाका पात्र हुन् रवि लामिछाने । केही समययता उनका समर्थकहरुको भीड नै लागेको छ । तथापि उनीमाथि लागेका गम्भीर आरोपलाई हेर्दा उनी चाँडै प्रहरी फन्दामा पर्दै छन् ।

भनिन्छ नि, ‘टुप्पोबाट पलाएको राम्रो होइन’ रे । उनको प्रस्तुतीले धेरैले न्याय पनि पाए । तर, आक्रमक शैलीले गर्दा उनलाई जति चाँडै चर्चाको शिखरमा पुर्यायो, त्यति नै चाँडो सडकमा पुग्ने बनाएको छ । त्यो अरु कसैको कारण नभई स्वयं उनकै कारण उनी सडकमा पुग्ने अवस्था आएको छ ।

न्युज ट्वाट्टी फोरमा उनले ‘जनतासँग सिधा कुरा’ कार्यक्रम सञ्चालन गरेर चर्चामा आएका लामिछाने विवादमा मुछिएका छन् । यदी उनीमाथि सही ढंगले छानविन गरियो भने उनी कारवाहीको भागेदार मात्रै होइन, देश निकाला पनि हुन सक्छन् ।

उनीमाथिको आरोप
–नुवाकोट घर भई हाल कीर्तिपुर बस्ने लक्ष्मण बिकले गत माघ २७ गते प्रेस काउन्सिलमा एउटा निवेदन दर्ता गराए । उनले रवि लामिछानेले आफ्नो घरमा जवरजस्ती छिरेर भिजुयल खिचेर समाचार बनाएको आरोप थियो ।

–उनीमाथि अर्काे आरोप छ, उनी विदेशी नागरिक हुन् । निवेदनमा लामिछाने अमेरिकी आप्रवासी हुन् । जसले अनुमति नलिई कही पनि गर्न पाउँदैन ।

–उनी पत्रकार होइनन् । उनले सूचना विभागबाट प्रेस पास लिएका छैनन् । प्रेस पास नलिई पत्रकारिता गरिरहेकाले उनीमाथि कारवाही गरिनुपर्छ ।

लामिछानेको जवाफ
–म पत्रकार होइन, कार्यक्रम प्रस्तोता मात्र हुँ । काउन्सिलमा रहेका केही उच्चपदस्थ व्यक्तिहरुले सञ्चालन गरेका पत्रपत्रिकामार्फत वर्षौंदेखि ब्ल्याकमेलिङको धन्दा चलेको छ, जसको अध्ययन अन्तिम चरणमा पुर्याएको छु ।

–अहिलेको अवस्थामा प्रेस पास लिनुभन्दा म यो पेशा नै त्यागेर दोबाटोमा जुत्ता पालिस गर्न पाए बरु गर्वको अनुभूति गर्नेछु ।

–म ढोंगीहरुको अग्रता रहेको काउन्सिलले पठाएको पत्रलाई आगामी दिनमा प्राथमिकता दिन्न ।

–अमेरिकामा घर, गाडी इत्यादि खरिद गर्दा लागेको ऋण तिर्न बाँकी छ । मेरा बालबच्चा उतै छन् । म अहिले अमेरिकी नागरिकता र पासपोर्ट फिर्ता गर्ने प्रोसेसमा छु ।

उजुरीको चाँङ
२०७४ असोज २ गते कैलाश राज लोहनीले प्रेस काउन्सिलको कार्यालय सन्चारग्राममा लामिछाने विदेशी नागरिक भएको र नेपालमा काम गर्नका लागि नेपाली नागरिक हुनुपर्ने वा विदेशी नागरिक भए श्रम स्विकृति लिनुपर्ने भन्दै छानबीन गर्न उजुरी दिए ।

२०७४ मा २७ मा नुवाकोट घर भई हाल कीर्तिपुर बस्ने लक्ष्मण बिकले रवि लामिछानेले आफ्नो घरमा जवरजस्ती पसेर भिजुअल खिचि आफुविरुद्ध समाचार प्रशारण गरेर आफ्नो इज्जत लुटियो भनेर प्रेस काउन्सिलमा उजुरी पर्यो ।

अन्य ठाउँबाट पनि उजुरी परिरहेका छन् । यी प्रतिनिधि उदाहरण मात्र हुन् ।

छानविन भयो त ?
बिकको निवेदन परेपछि प्रेस काउन्सिलले रवि लामिछानेसँग स्पष्टीकरण माग गरेको थियो । अमेरिकाबाट केही सिकेर नेपाल फर्केको बताउने लामिछानेले स्पष्टीरकरण दिने क्रममा नम्र एवं सभ्य भाषाको प्रयोग गरेका छैनन्, उल्टै ‘काउन्सिलमा रहेका केही उच्चपदस्थ व्यक्तिहरुले सञ्चालन गरेका पत्रपत्रिकामार्फत वर्षौंदेखि ब्ल्याकमेलिङको धन्दा चलेको छ’ भनेर थर्काए ।

उनले प्रेस काउन्सिललाई प्रेस पास नलिने बरु दोबाटोमा जुत्ता पालिस गर्ने चेतावनी दिए । काउन्सिलका उप प्रशासकीय अधिकृत रामेश्वर बोहराले प्रेस काउन्सिलको प्रतिवेदनमा लामिछानेले गैरकानुनी रुपमा नेपालमा श्रम स्विकृति विना नै बस्दै आएको निष्कर्ष निकाल्यो ।

छानबीनका क्रममा लामिछानेको राहदानी नम्बर ५१२९६६९८१ लाई अध्यागमन विभागले ४ अक्टोवर २०१८ सम्मको गैर पर्यटक भिषा जारी गरिदिएको पाइएको थियो । श्रम विभागले समेत काउन्सिललाई पत्र पठाई लामिछानेले श्रम स्विकृति नलिएको उल्लेख गरेको छ ।

अब के होला ?
अध्यागमन नियमावली, २०५१ को दफा २० को (१) नियमावली बमोजिम पर्यटक र परिवारको सदस्यका हैसियतले भिसा पाउने विदेशीले नेपालभित्र रहँदा पारिश्रमिक लिई वा नलिई कुनै उद्योग व्यापार व्यवसाय वा संस्थामा काम गर्न पाउने छैनन’ भनिएको छ ।

विदेशी नागरिक भई वर्क परमिट नलिइ काम गरेको पुष्टि भएमा आगामी भदौ १ देखि लागु हुने बैदिक गोपनीयता तथा प्रतिष्ठा विरुद्धको कठोरसम्बन्धी कानुनअनुसार रवि लामिछानेलाई कारवाही हुन सक्छ ।

अनुमति बिना कसैको तस्वीर खिच्न र अरुको आवासमा अनुमती बिना नै प्रवेश गर्न नहुने व्यवस्था सो कानुनले गरेको छ । यसमा व्यक्तिलाई तीन बर्ष कैद २० हजार जरिवानामध्ये कुनै एउटा वा दुबै सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...