सुन तस्करी प्रकरणः आफुहरुलाई थुनामा राख्नु गैरन्यायिक भएको आरोपीको जिकिर

33gold

काठमाडौं । सुन तस्करी र सनम शाक्य हत्याको संगठित अपराधका आरोपीहरुले आफुहरु थुनाबाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने माग गरेका छन् । आरोपीमध्येका ८ जनाले आफूहरुलाई थुनामा राख्नु गैर न्यायिक भएको जिकिर सहित माथिल्लो अदालतमा निवेदन दिएका हुन् ।

मोरङ जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको आदेशले पूर्पक्षका लागि थुनामा रहेका पूर्व डिआईजी गोविन्दप्रसाद निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी सञ्जयबहादुर राउत, सुनतस्कर भुजुङ गुरुङ थाई एयरवेजका कर्मचारी पुण्यप्रसाद लामा ‘तक्ले’ र सम्बिरप्रसाद तोलाङे तथा हेमन्त गौतम रहेको उच्च अदालतका रजिष्ट्रार नारायण रेग्मीले बताए ।

यसरी दर्ता भएका ८ वटै निवेदनका हकमा थुनछेक आदेशको कैफियत प्रतिवेदन झिकाउन उच्चले आदेश दिएको छ । तीन हजार ८ सय किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्ड प्रकरणमा मुछिएर पूर्पक्षका लागि थुनामा रहेका एसएसपी दिवेश लोहनी र डिएसपी सञ्जयबहादुर राउतले उच्च अदालत बिराटनगरमा सुरुवातमै निवेदन दिएका थिए । लोहनी र राउतले आफूहरुलाई पूर्पक्षका लागि थुनामा नराखी साधारण तारेखमा रिहा गरेर मुद्दाको पूर्पक्ष गरिपाउँ भन्दै निवेदन दिएका थिए ।

अदालती बन्दोबस्तीको महल १७ अनुसार फौजदारी अभियोगमा जुनसुकै तहको अदालतबाट हुने थुनछेक आदेशमा असहमति भए पक्ष र प्रतिपक्ष पुनरावलोकनका लागि एक तह माथिको अदालतमा निवेदन दिन पाउने व्यवस्था कानूनमा छ ।

सुनसरीको झुम्का कारागारमा बन्दी रहेका पूर्व डिआईजी गोविन्द निरौलासहितको निवेदन दिन बिराउँदै आईरहेको छ । उच्च अदालतका अनुसार सोमबार सम्बिरप्रसाद तोलाङेको निवेदन दर्ता भएको हो । उच्च अदालत बिराटनगरका रजिष्ट्रार नारायण रेग्मीले २९ जेठमा गोविन्द निरौला र जेठ ३१ मा एसपी विकासराज खनालको निवेदन आएको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...