स्थानीय तहलाई ‘स्मार्ट सिटि’ बनाउन जोड

Smat cty

काठमाडौं । स्मार्ट सोसाइटीका लागि दिगो विकास लक्ष्य नारासहित अन्तर्राष्ट्रियस्तरको सूचना तथा सञ्चार प्रविधि सम्मेलन– २०१८ सम्पन्न भएको छ । ललितपुरको हिमालय होटलमा असार ३ गतेदेखि सुरु भएको सम्मेलन मंगलबार सम्पन्न भएको हो ।

सम्मेलनमा स्थानीय तहहरुलाई स्मार्टपालिका बनाउन सबै किसिमका विकासका पूर्वाधारका साथै सरकारी सेवालाई डिजिटलाइज्ड गर्नुपर्नेमा सहभागीहरुले जोड दिएका छन्। सम्मेलनको दोस्रो दिन आज (असार ४ गते) पूर्वाधार र डिजिटल सेक्युरिटीसम्बन्धी विषयगत विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए।

सम्मेलनमा इयरिज इन्डियाका अध्यक्ष ऋषि भट्नागर, इसिमोडका स्ट्राटेजिक कोअपरेसन डाइरेक्टर वसन्त श्रेष्ठ, नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनाल र बीआई सलसन्स एन्ड एक्सन सिस्टमका संस्थापक रवि भट्टराईसम्बन्धी कार्यपत्र प्रस्तुत गरे।
त्यस्तै डिजिटल सेक्युरिटीका विषयमा सूचना प्रविधि विज्ञहरु सुयस नेपाल, प्रमोद पराजुली, राजनराज पन्त, विजय सेनिहाङ र अभिजित गुप्ताले कार्यपत्र प्रस्तुत गरे।

सम्मेलनको अन्तिम सत्रमा स्थानीय सरकारका प्रतिनिधिहरुको उपस्थितिमा स्मार्टपालिका (स्मार्ट थानीय तह) विषयक प्यानल डिस्कसन गरिएको थियो। प्यानल डिस्कसनमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ, सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्र शर्मा, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का उपकुलपति जीवराज पोखरेल, यूएनडीपी नेपालका कन्ट्री डाइरेक्टर रिनाउद मेयेर, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य सुनिलबाबु श्रेष्ठलगायतको सहभागिता थियो।

स्मार्टपालिका विषयक डिस्कसनमा भक्तपुरको चाँगुनारायण नगरपालिका, प्युठान नगरपालिका, स्याङ्जाको वालिङ नगरपालिका, नुवाकोटको ककनी गाउँपालिका, काभ्रेको भोटेचौर गाउँपालिकालगायत देशभरका २० भन्दा बढी स्थानीय तहका प्रमुखको उपस्थिति थियो।

प्रतिकृया दिनुहोस