भयाभह बन्दै उपत्यकामा सवारी दुर्घटना, ५ महिनामै गयो १४९ जनाको ज्यान

Acsident badhyo

काठमाडौं । काठमाडौंको लाजिम्पाटमा युनिसेफको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक युवक घाइते भए । घाइते हुनेमा काठमाडौंको चंगोल बस्ने १८ वर्षीय ट्रपिस नेपाल छन् ।

यतिबेला काठमाडौं उपत्यकामा सवारी दुर्घटना भयाभह बन्दै गएको छ । पछिल्लो१० महिनामा उपत्यकामा सवारी दुर्घटनामा मृत्यु भएका १ सय ४९ जनाको मृत्यु भएको छ ।

चालु आवमा उपत्यकामा ५ हजार १ सय ८० सवारी दुर्घटना हुँदा १ सय ४९ जनाको मृत्यु भएको छ भने १ सय ८४ सशक्त घाइते भएका छन् । ३ हजार ४ सय ८५ सामान्य घाइते भएका छन् ।

मृत्यु हुनेमध्ये पनि उमेर समुहमा १७ देखि ३५ वर्षसम्मका धेरै छन् । यो समहुका ८० जनाको मृत्यु भएको छ । १६ वर्षमुनिका १५ र ३६ वर्षभन्दा माथि उमेर समूहका ५४ जनाले ज्यान गुमाएका छन् ।

गत आवमा पनि सोही उमेर समूहका व्यक्तिको धेरै सवारी साधनमा मृत्यु हुने गरेको तथ्यांक छ । आव २०७२/०७३ मा १ सय ६६ मध्ये ९२ र आव २०७३/०७४ मा १ सय ८२ मध्ये ८६ जना सोही उमेर समूहकाहरुले सवारी दुर्घटनामा परी ज्यान गुमाएका थिए ।

सवारी साधन धेरै र सडक साँघुरो भएका कारण कतिपय सवारी साधन ठोक्किएर दुर्घटना हुने गरेको छ । हाल उपत्यकामा वार्षिक ११ लाख ३२ हजार ९ सय २५ सवारी साधन आवतजावत गर्छन् । देशभर करीब २७ लाख सवारी साधन छन् ।

युवाहरु तीव्र गतिका कारण सवारी चलाउने कारणले गर्दा धेरै दुर्घटना हुने गरेको छ । पूर्वाधारको कमी र तीव्र गतिले सवारी चलाउँदा दुर्घटना बढी हुने गरेको बताउँछन् नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला ।

प्रतिकृया दिनुहोस