चीनमा ओलीले भने, हिमालयपार रेलमार्गसहित यातायात सञ्जालको तीब्र विकास गरिन्छ

Oli china vraman 1

काठमाडौं । छ दिने लामो भ्रमणमा मंगलबार बिहान नेपालका प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा निस्किए । जम्बो टोलीसहित मंगलबार साँझ बैइजिङ पुगेका ओली विभिन्न कार्यक्रममा सहभागी बन्न थालेका छन् ।

मंगलबार साँझ बेइजिङ पुगेका प्रधानमन्त्री ओलीले बेइजिङस्थित नेपाली दूताबासले आयोजना गरेको स्वागत कार्यक्रममा नेपाल र चीनबीच हिमालयपार रेलमार्गसहित यातायात सञ्जालको तीब्र विकास गरिने बताए ।

उनले ‘कनेक्टिभिटि नै आर्थिक विकासको मेरुदण्ड भएकाले पूर्वाधारको विकास त्यसमा पनि हिमालयपार रेलमार्ग र सडक निकै महत्पूर्ण हुने उनले बताए । ओलीले नेपाल जस्तो भूपरिवेष्ठित देशका लागि रेल र सडक मार्ग निकै महत्पूर्ण रहेको बताए ।

‘यस्तो यातायात र सिमापार ट्रान्समिसन लाइनले हाम्रो व्यापारलाई अन्तर्रा्ष्ट्रिय क्षेत्रमा विस्तार गर्नेछ’, उनले भने, ‘त्यसले हामीलाई विश्वको दोस्रो ठूलो अर्थतन् चीनसँग जोड्ने छ ।’

नेपाल र चीनको साझेदारी रहेको हिमालय एयरलाइन्सको विमानबाट मंगलबार साँझ बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका ओलीले नेपाल बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआइ)मा आबद्ध भइसकेको र अब हिमालयपार कनेक्टिभिटीलाई बलियो बनाउने बताए ।

ओलीले सो समारोहमा ‘लुक वी’ पत्रिकाको विमोचन पनि गरे । उनले बेइजिङस्थित नेपाली दूताबासको विच्याट पनि शुभारम्भ गरे ।

बेइजिङमा ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने र समकक्षी लि खछ्याङसँग प्रतिनिधिमण्डल स्तरमा वार्ता गर्ने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...