क्षणभरमै खरानीमा परिणत भए देवकोटा

Devkota jalaiyo

काठमाडौं । दिवंगत वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

उनलाई पत्नी डा. मधु देवकोटा, छोरीहरु मेघा, बसुधा र मञ्जरीले दागवत्ती दिएका छन् । देवकोटाप्रति अन्तिम श्रद्धाञ्जली दिन आफन्त र शुभचिन्तकको ठूलो संख्या पशुपति आर्यघाट पनि पुगेको थिए ।

सोमबार साँझ निधन भएका डा. देवकोटाको पशुपति आर्यघाटस्थित विद्युतीय प्रणालीबाट शवदाह गरिएको छ । विद्युतीय प्रणालीबाट दाहसंस्कार गरिँदा १० औं हजारको नाडी छोएर उपचार गर्ने डा. देवकोटा क्षणभरमै खरानीमा परिणत भएका छन् ।

डा. देवकोटालाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार विहान ८ बजेदेखि बाँसबारीको न्युरो अस्पताल राखिएको थियो । उनको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व प्रधानमन्त्री एवम् उनका विद्यालय तहका सहपाठी डा. बाबुराम भट्टराईसहित विभिन्न राजनीतिक दलका नेताहरु अस्पताल पुगेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...