नेपाल प्रहरी र सशस्त्रका महानिरीक्षक अमेरिका प्रस्थान

Amerika prasthan

काठमाडौं । अमेरिकाको न्यूयोर्क स्थित संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा हुने दोश्रो युनाइटेड नेशन्स चिफ अफ पुलीस समिटमा सहभागि हुन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल संयुक्त राज्य अमेरीका प्रस्थान गरेका छन् ।

सशस्त्र प्रहरी महनिरीक्षक खनाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी. र नारायणबावु थापा लगायत वरिष्ठ अधिकृतहरुले विदाई गरेका थिए ।

यस्तै, प्रहरी महानिरीक्षक खनाललाई प्रहरी अतिरिक्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल, लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले बिदाई गरेका थिए ।

असार ६ गते सुरु भई ७ गते सम्पन्न हुने उक्त सम्मेलनमा विश्व शान्ति तथा सुरक्षामा देखिएका चुनौतीहरूको रोकथाममा सदस्य राष्ट्रहरूका प्रहरीहरू बीचमा सहकार्य वृद्धि गर्ने, राष्ट्रहरूबीच सुरक्षामा देखिने चुनौती तथा खतराविरुद्द संयुक्त राष्ट्र संघ तथा कानुन कार्यान्वयन गर्ने निकायबीच आपसी समन्वय तथा सहयोग बढाउने, संयुक्त राष्ट्र संघीय मिसनमा खटिई हासिल गरेका ज्ञान तथा सीपलाई आफ्नो कार्यक्षेत्रमा सर्वोत्तम उपयोग गर्ने र प्रहरीको क्षमता तथा योग्यता बृद्दि गरी थप प्रभावकारिता ल्याउने लगायतका बिषयमा विस्तृत छलफल हुने ।

साथै भविष्यमा अन्तरदेशीय सूचना सञ्जालका लागि साझा मञ्च स्थापना गर्ने विषय पनि छलफलको एजेन्डा रहेको छ । महानिरीक्षकद्धय आइतबार सँझ त्यसतर्फ प्रस्थान गरेका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...