गैरआवासीय नेपालीको ज्ञान सीप स्वदेशको समृद्धिमा लगाउन डा. लोहनीको सुझाव

Dr. prakash chandra lohani

काठमाडौं । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)  का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले गैरआवासीय नेपालीले हासिल गरेका ज्ञान तथा सीपलाई स्वदेशको विकास र समृद्धिमा लगाउनुपर्ने बताएका छन् ।

गैरआवासीय नेपालीले संयुक्त राज्य अमेरिकाको सन फ्रान्सिस्कोमा शनिबार साँझ आयोजना गरेको सम्मेलनमा अध्यक्ष डा. लोहनीले अन्तर्राष्ट्रिय क्षेत्रमा रहेका नेपालीले त्यहाँ सिकेका आधुनिक शिक्षा तथा सीपलाई मुलुकको हितमा प्रयोग गर्न सकेमा नेपालले चाँडो समृद्धि कायम गर्न सक्ने बताए ।

विश्वका विभिन्न क्षेत्रमा रही अन्तर्राष्ट्रिय अनुभव र ज्ञान हासिल गरेका नेपालीले अन्तर्राष्ट्रिय तहका विभिन्न विधामा ठूलो सफलता प्राप्त गरेकामा खुशी व्यक्त गर्दै उनले उनीहरुलाई जन्मभूमिको महत्व नबिर्सन आग्रह गरे ।

विदेशमा जानेको र सिकेका अनुभवलाई स्वदेशको विकासका लागि आवश्यक दृष्टिकोण प्रदान गरी नेपालमा लगानी वृद्धि गर्न अध्यक्ष डा. लोहनीले आग्रह गरे ।

प्रतिकृया दिनुहोस