कांग्रेसलाई एकबद्ध बनाएर लैजान देउवालाई सुझाव

Deuwa vet 1  no

काठमाडौं । प्रदेश नं. १ को पूर्वी पहाडमा नेताहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवालाई आइतवार १ नं. प्रदेशका पूर्वी पहाडी क्षेत्रका नेता तथा कार्यकर्ताहरुले भेटघाट गरी नेपाली कांग्रेसलाई एकबद्ध बनाएर लैजान सुझाव दिएका छन् ।

उनीहरुले नयाँ र सशक्त कांग्रेस अहिलेको आवश्यक्ता भएकाले कांग्रेसको विधान र सांगठानिक संरचनामा आमुल परिवर्तन गरी सबैलाई एकताबद्ध बनाएर पार्टीलाई अझ क्रियाशील बनाउन सुझाव दिएका हुन् ।

उनीहरुले पूर्वी पहाडी जिल्लाहरुमा अहिले सत्तासिन पार्टीका नेता तथा कार्यकर्ताहरुलाई सत्ताको आडमा कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाईे झुठा मुद्धा लगाएर फसाउने काम भइरहेको जानकारी पनि गराएका थिए । उनीहरुले जिल्ला तथा गाउँगाउँका कार्यकर्ताको संरक्षण गर्नुपर्ने भएकाले त्यसको प्रतिरोध गर्न केन्द्रले आन्दोलन गर्नुपर्ने कुरमा जोड दिए ।

सो अवसरमा सभापति देउवाले अब कांग्रेसले सदन र सडक दुबै ठाउँमा सशक्त र जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए । देउवालेसवै नेता तथा कार्यकर्ताको भावनाअनुरुप नयाँ ढंगबाट कांग्रेसलाई एकताबद्ध बनाएर अहिलेको चुनौती सामना गर्ने सक्ने समक्ष र दह्रो कांग्रेस बनाउन आफु लागिपरेको बताए ।

सो अवसरमा नेपाली कांग्रेस १ नं. प्रदेशका नेता तथा पूर्वराज्य मन्त्री टंक राई, महासमिति सदस्य जनक थापा, नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, नेपाल ट्रेड युनियन कांग्रेस संखुवासभाका अध्यक्ष रितेश लिम्बुलगायत १ नं. प्रदेशका पूर्वी पहाडी जिल्लाका नेता तथा कार्यकर्ता सहभागी थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...