नेपाल–भारत मैत्री संघको कार्य विभाजन

Nepal bharat flag

काठमाडौं । नेपाल भारत मैत्री संघले कार्य विभाजन गरेको छ । शनिवार राजधानीमा बसेको केन्द्रिय समितिको बैठकले संघको कार्य सञ्चालनमा सहजता ल्याउन कार्य विभाजन गरेको हो ।

संघका अध्यक्ष राजकुमार सिन्डीको अध्यक्षतमा बसेको बैठकले उपाध्यक्षमा इश्वर श्रेष्ठ (लोकेन्द्र) लाई चयन गरेको छ । महासचिवमा बोधकृष्ण सुवेदीलाई चयन गरेको बताइएको छ ।

संघले सांसद ओम सरावगी, पूर्वमन्त्री डम्बरनारायण यादवलगायत ५ जनालार्य संरक्षक तोकेको छ । त्यसैगरी केशब अधिकारलिाई प्रमुख सल्लाकार बनाएको छ । सल्लाहकारमै भवेन्द्र कार्की, गोविन्द पौडेल र अनन्त धौभडेलार्य सल्लाहकार चयन गरेको छ ।

५२ जनाको कार्यसमिति रहेको संघले नेपाल भारतबीचको सम्बन्ध सुमधुर बनाउन भुमिका खेल्दै आएको छ । संघले नेपालमा धार्मिक पर्यटन विकासका लागि पनि भूमिका खेल्दै आएको छ ।

प्रतिकृया दिनुहोस