मन्थलीमा प्रहरी र स्थानीयबीच झडप, ४ घाइते

Manthali 31

रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा बुधबार राति प्रहरी र स्थानीय व्यवसायीबीच झडप भएको छ । सो झडपमा परी पत्रकारसहित ४ जना घाइते भएका छन् ।

बीपी राजमार्गमा १० टन माथिका मालबाहक र १८ सिट माथिका सवारी साधन तत्कालको लागि सञ्चालन नगर्न सर्वोच्च अदालतले परमादेश जारी गरेपछि शुक्रबारदेखि सिन्धुली प्रशासनले वीपीमार्ग हुँदै रामेछाप छिर्ने यातायातका साधन सञ्चालनमा रोक लगाएको थियो ।

त्यसको विरोधमा आन्दोलनमा उत्रिएका व्यवसायीहरुलाई झण्डै साँढे ९ बजे राति प्रहरी र स्थानीय युवाबीच झडप भएको थियो ।

सो झडपमा परी प्रहरीको लाठीचार्जबाट समाचार संकलन गर्न गएका पत्रकार युनिक विफा घिसिङसहित तामाकोसी ढुवानी सेवा समितिका अध्यक्ष नविन कार्की, व्यवसायीहरु उद्धवकुमार श्रेष्ठ र कृष्ण सुवेदी घाइते भएका छन् ।

घाइतेमध्ये कार्कीको आँखामा चोट लागेको छ । श्रेठको टाउको फुटेको छ । सुवेदीको शरिरका विभिन्न भागमा चोट छ । पत्रकार घिसिङका दुवै तिघ्रामा चोट छ ।

तराई तथा काठमाडौंबाट रामेछाप छिर्ने वैकल्पिक मार्ग नहुँदा रामेछापको बजारमा दैनिक उपभोग्य तथा निर्माण सामाग्रीको चरम अभाव भएको छ ।

प्रतिकृया दिनुहोस