स्कुटीलाई ठक्कर दिने टिपर जलाउने दुई जना पक्राउ

Tipar chalak pakrau

काठमाडौं । काठमाडौंको जडिबुटीमा स्कुटीलाई ठक्कर दिएर महिलाको मृत्यु भएपछि ठक्कर दिने टिपरमा आगजनी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई जडीवुटी वस्ने वर्ष १९ को नरज खड्का र सोलुखुम्वु सल्लेरी घर भई लोकन्थली वस्ने वर्ष २० को कमल राई रहेका छन्।

बुधबार दिउँसो सिन्धुपाल्चोकवाट काठमाडौं तर्फ आउदै गरेको वा ४ ख ३७५८ नम्वरको वालुवा वोक्ने टिपरले जडिवुटी आकासे पुल नजिक वा ७० प ९३९९ स्कुटीलाई ठक्कर दिदा स्कुटि चालक वर्ष २४ की अश्मिता भण्डारीको मृत्यु भएको थियो।

घटनामा परि स्कुटी चालक अश्मिताका श्रीमान २६ वर्षिय आशिष जोशी घाइते भएका छन्। टिपर चालक पृथ्विनारायण नापीत र टिपर प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...