झुक्यायो मेलम्ची खानेपानीले, मेलम्चीको पानी आउन माघ लाग्ने

Melamchi khanepani

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले समयमै काम नगर्ने ठेकेदारको सूची जम्मा गर्दै कारवाही गरिरहेका बेला मेलम्ची खानेपानी आयोजना निर्माण कम्पनीको म्याद थपिएको छ ।

केही समयअघि मात्रै खानेपानी मन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजनाको ब्रेक थ्रु भएको घोषणा गरिन् । त्यतिबेला दशैं अघि नै काठमाडौंबासीले मेलम्चीको पानी खान पाउने भनिएको थियो । तर, तत्काल मेलम्चीको पानी नआउने भएको छ ।

मेलम्ची मानेपानी आयोजनाको ठेक्का म्याद विहीबार सकिँदैछ । तर सबै काम नसकिएपछि फेरि ७ महिनाका लागि निर्माण कार्यका लागि म्याद थपिएको छ । अब निर्माण कम्पनीले २१ जनवरी २०१९ सम्मको म्याद पाएको छ ।

यतिमात्रै होइन, ठेकेदार कम्पनीले मागेको क्षतिपूर्ति पनि दिने भएको छ । तर, क्षतिपूर्ति रकम भने तय भएको छैन । भूकम्प, नाकाबन्दी लगायत विविध कारणले समयमै काम गर्न नपाउँदा आफूलाई घाटा भएको भन्दै ठेकेदार कम्पनी इटालियन कोअपरेटिभ मुरातोरी एन्ड सिमेन्टिस्टीले आयोजनासँग एक अर्ब ६५ करोड रुपैयाँ क्षतिपूर्ति दाबी गर्दै आएको थियो ।

ठेकेदार कम्पनीले दावी गरेको क्षतिपूर्ती रकम र विवादलाई अन्त्य गर्न गठित विवाद निरुपण समितिले छलफल थालेको थियो ।

प्रतिकृया दिनुहोस