रानीपोखरीमा भत्काइएको कंक्रिटवालको क्षतिपूर्ति माग्दै मुद्दा दर्ता

Rani pokhari

काठमाडौं । काठमाडौं महानगरपालिकाले रानीपोखरीमा सुरुमा कंक्रिट वाल उठाउन लगाएको ६ महिनापछि पुनः भत्काउन लगाएको तर यसवापतको क्षतिपुर्ति नदिएको भन्दै सर्वोच्चमा मुद्दा परेको छ ।

रानीपोखरी पुनर्निर्माणको जिम्मा लिएको वल्डवाइड, कँडेल र के एण्ड केजी जेभीले क्षतिपूर्ति पाउनका लागि सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् ।


रानीपोखरी पुनर्निर्माणका क्रममा गत पुसमा महानगरपालिकाले उक्त कंक्रिट वाल उठाएपछि सम्पदा संरक्षक तथा पुरातत्वविद्ले त्यसप्रति तीव्र असन्तुष्टि जनाउँदै आएका थिए ।

कंक्रिट वाल उठाएपछि रानीपोखरी पुनर्निर्माण स्थलमा स्थानीयबासीले तालाबन्दीसमेत गरेका थिए ।

हाल आएर भत्काउनुपर्ने देखिएकाले गत २१ गतेबाट सो वाल भत्काउन शुरू गरिएको महानगरपालिकाका शहरी पूर्वाधार विभागका निर्देशक राम थापाले बताए ।

यसै हप्ताभित्र वाल भत्काइसक्ने र रानीपोखरी पुनर्निर्माण अघि बढ्ने काठमाडौं महानगरपालिले बताए पनि निर्माण व्यवसायीले वाल उठाउँदा लागेको खर्च र भत्काउँदा लाग्ने क्षतिपूर्ति तत्काल पाउनुपर्ने माग राख्दै सर्वोच्चमा मुद्दा हालेका हुन् ।

रानीपोखरी कस्तो बनाउने भन्ने विषयमा पटक–पटक निर्णय फेरिंदा महानगरपालिका र निर्माण कम्पनीबीच विवाद चुलिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...