पाल्पा रानीमहलमा प्रधानसेनापतिकोे सम्बोधन

Pradhan senapati

काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीले पाल्पा जिल्लाको रानीमहल ईलाकामा आयोजित कार्यक्रममा नेपाली सेनाको केन्द्रीय स्तरको पेशागत प्रतियोगिता ०७४-७५ का सहभागीहरुलाई सम्बोधन समेत गरेका छन् ।

मंगलबार प्रतियोगिताको निरीक्षण पछि आयोजित समारोहमा प्रधानसेनापति क्षत्रीले प्रतियोगीहरुलाई सम्बोधन गरे ।

नेपाली सेनामा कार्यरत सैनिक व्यक्तिहरुको व्यवसायिक दक्षता अभिबृद्धि गर्ने उद्देश्यले पृतना तहमा प्रथम तथा द्वितीय भएका गण र गुल्महरुलाई सहभागी गराई हरेक दुई-दुई वर्षमा सञ्चालन गरिने उक्त प्रतियोगिता हाल यही जेष्ठ १८ गतेबाट सञ्चालन भईरहेको छ ।

उक्त कार्यक्रममा सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशक उपरथी देव कुमार सुवेदीलगायत अन्य रथीबृन्द तथा अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...