केसी भन्छन्, ‘बजेटमार्फत कालो धन र भ्रष्टाचारलाई बैद्यता दिन खोजियो’

Arjun narasing kc

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले वर्तमान सरकारका मन्त्रीहरुले भ्रष्टाचारको ठूलो स्वरमा विरोध गरे पनि साँढे ३३ किलो सुन तस्करी प्रकरणमा संलग्नलाई उन्मुक्ति दिन खोजेको आरोप लगाएका छन् ।

नेता केसीले सो प्रकरणमा जुनसुकै राजनीतिक दलमा संलग्न रहे पनि कारवाहीको दायरामा ल्याउनुपर्नेमा उनको जोड थियो ।

‘साँढे ३३ किलो सुन तस्करी प्रकरणमा जोसुकै व्यक्ति होस् जरोसम्म पुगेर भए पनि कारबाही गरेर देखाओस’ केसीले भने, ‘अनि मात्रै वास्तवमा त्यो दिनदेखि मात्र यो सरकार भ्रष्टाचार विरोधी हो रैछ भनेर विश्वास गर्न सकिन्छ ।’

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा नेता केसीले सरकारले ल्याएको बजेट परम्परागत नै भएको जिकिर गरे । ‘उहाँहरुले जनतासामू गरेका आश्वासनहरु पनि छैन, स्वप्निल कल्पना छैन, बजेटमा लक्षित कार्यक्रमहरु केही पनि छैनन’ केसीले भने, ‘आएका कार्यक्रमहरु पनि छरिएर आएका छन्, बजेटमा पपुष्टि र उडन्ते कुराहरुमात्रै छन् ।’

केपी शर्मा ओलीले निर्वाचनताका वृद्धवृद्धालाई घरमै ५ हजार भत्ता पुर्याउने भनेर गरेको भाषण सामाजिक सञ्जालमा भाइरल भए पनि त्यो झुटको खेती भएको उनले बताए । केसीले भने, ‘ग्रोयबल्स शैलीमा यस्तो झुठको खेती गर्नुहुँदैन ।’

उनले सरकारले आगामी २०७६ भित्र कुनै पनि स्रोत नखुलाई लगानी गर्न दिने भनेर सरकारले भनेको कुराको विरोध गरे । ‘कालो धनलाई वैद्यता दिने मात्रै हो, काला धनहरुसँग कमिशन खाने र उसको लगानी गर्न बैद्यता गर्ने कुरा मात्रै हो’ उनले भने, ‘यसमा अन्तरंग भ्रष्टाचारको दुर्गन्धहरु आउँछन् ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...