नगरकै नमुना बन्दै बेलहराको सडक, फेरिँदैछ वडाको मुहार

Belahara sadak 1

धनकुटा । धनकुटा जिल्लाको तत्कालीन बेहलरा गाउँ विकास समिति सदुमुकामसँगै जोडिएको भए पनि ओझेलमै थियो । अहिले भने लामो समयसम्म बत्तिमुनीको अध्यारोमा रहेको बेलहराले मुहार फेर्न थालेको छ ।

तत्कालीन बेलहरा अहिले धनकुटा नगरपालिकामा गाँभिएको छ । नगरपालिकासँग गाँभिएपछि दुई वटा वडा बनेको छ । पछिल्लो समयमा स्थानीय तहको निर्वाचन भएपछि बेलहराको मुहार फेरिन थालेको छ ।

खासगरी धनकुटा वडा नं. ९ बेलहरामा डेनमार्क सरकारको उन्नती समावेशी आर्थिक कार्यक्रमले गुठिटार–बाघखोर–छेडी सडक निर्माणलाई तीव्रता दिएपछि बेलहराको पहिचान नै फेरिएको छ । विकासले तीव्रता पनि पाएको छ ।

अघिल्लो वर्षसम्म खासै चर्चामा नआउने बेलाहरा अहिले सडक निर्माणले चर्चा पाउन थालेको हो । त्यति मात्रै होइन, उन्नतिले सडक निर्माणमा पु¥याएको यागदानले बेलहराको सडक र उन्नतिको चर्चा एकैसाथ चल्न थालेको छ ।

विकासको कामबाट टाढा रहेको बेलहरामा स्तरीय सडक बनाउन उन्नतिले सात वटा प्याकेज बनाएर निर्माण थालेको थियो । अहिलेसम्मको धुले सडकलाई स्तरीय र नमुना बनाउन सकड निर्माण कार्य तीव्र रुपमा भइरहेको छ । सोचेभन्दा बढी काम भइरहँदा स्थानीय दंग परेका छन् । उनीहरु घर आँगनमा स्तरीय सडक बन्दा गाउँकै मुहार फेरिने स्थानीयको विश्वास छ ।

बेलहराको गुठिटारदेखि आँखिसल्लाको छेडीसम्मको साँढे १२ किलोमिटर बाटो ग्राभेल भइरहेको छ । यो ठाउँमा पहिले पनि ट्रयाक खोलिएको थियो । सो ट्रयाकमा ट्रयाक्टरले बेलहराको तरकारी ओसारपसार गर्दै आएको थियो ।

तर यसै वर्ष धनकुटा नगरपालिकाले सकड फराकिलो बनाइदिएको थियो । त्यसका अलावा उन्नतिले सो सडक निर्माण गर्ने जिम्मेवारी पाएपछि सडक निर्माणले तीव्रता पाएको छ । उन्नतिले ५ करोड ९६ लाखको लगानीमा सुरु गरेको सो सडकक खण्डको ठाउँठाउँ मेसिनरी वाल बनाएको छ भने एआरसी ८८ केमिकल प्रयोग गरी बाटो ६ मिटर चौडाईको ग्राभेल गरिरहेको छ ।

उन्नतिले स्थानीय सडक निर्माण उपभोक्ता समिति असार १५ मा सक्ने सम्झौता गरिदिएको भए पनि त्यो भन्दा अघि नै सक्ने गरी तीव्र रुपमा काम भइरहेको उपभोक्ता समितिका अध्यक्ष अजित राई बताउँछन् ।

यस्तो छ यो बाटोको महत्व
यो बाटो बेलहराको मुख्य र आकर्षक बाटो हो । ७ मिटर चौडाई भएको यो बाटोले खोकु, छिन्ताङ, आँखिसल्ला, चुम्बाङका बासिन्दालाई प्रत्यक्ष रुपमा जोड्छ भने धनकुटाकै मुगा, चुङमाङ र भोजपुरको तल्लो क्षेत्रका बासिन्दालाई फाइदा पुग्छ ।

त्यति मात्रै होइन, पूर्वको चर्चित धार्मिक स्थल छिन्ताङदेवीको दर्शन गर्न जानेका लागि सबैभन्दा छोटो दुरीको सडक बन्छ । अहिले हिलेबाट आवातजावत गर्ने गरेकाहरुका लागि यो बाटो निर्माण सम्पन्न भएपछि छिन्ताङ पुग्न धनकुटाको हिले पुगेर छिन्ताङ पुग्न २९ किलोमिटर छोटो दुरी पर्छ ।

वडाध्यक्षको पहलमा बन्यो यस्तो
गत स्थानीय तहको निर्वाचनमा धनकुटा नगरपालिका वडा नं. ९ मा युवा नेता सन्दिप रायमाझी विजयी भए । उनी विजयी भएपछि सो वडाले मुहार फेर्न थालेको हो ।

उनी वडाध्यक्षमा विजयी भएपछि हरपल विकासे कामका लागि लागिरहेँ । जसको परिणामस्वरुप अहिले नगरभित्रकै स्तरीय बाटो बनिरहेको छ । त्यति मात्रै उनकै वडामा एयरपोर्ट पनि बन्न लागेको छ ।

उनको पहलमा सो सडकको स्तरोन्नती हुन थालेपछि धनकुटाको छिन्ताङ, खोकु, आँखिसल्ला र बेलहरामा उत्पादन भएका सुन्तला, अदुवा र टमटर निर्यात गर्न सहज हुनेछ ।

‘वडाको विकास गर्नु मेरो कर्तव्य नै हो’ उनले निशान न्युजसँग भने ‘अहिले वडाको सडक बनाउन उन्नती समावेशी आर्थिक कार्यक्रमका जिल्ला प्रमुख सुशील यादव, मेयर चिन्तन तामाङ र कार्यकारी अधिकृत टिकादत्त राईले सडक निर्माणमा काम गर्ने सहज वातावरण मिलाई दिनुभयो, म त्यसमा खुसी छु ।’

सो सडक ग्राभेल सकिएपछि पिच गरिदिने बचन प्रदेश नं. का अर्थमन्त्री इन्द्र आङ्वो ‘मौसम’ले दिएका छन् । योसँगै वडामा खुसी छाएको वडाध्यक्ष रायमाझी बताउँछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...