द्रुतमार्गको प्रस्थान विन्दु विवाद : खोकना कि फर्सिडोल ?

Fast track


काठमाडौ‌ । छिमेकी भारत र चीनलाई समेत जोड्ने लक्ष्यसहित अघि बढेको रणनीतिक र आर्थिक महत्वको द्रुतमार्गको जिरो किलो खोकना र फर्सिडोल कुन स्थानमा बनाउने भन्ने अन्यौल उत्पन्न भएको छ।

सुरुमा खोकनालाई प्रस्थानविन्दु बनाउने तयारी गरिएपनि त्यहाँ विवाद उत्पन्न भएपछि पाँच किलोमिटर टाढा फर्सिडोलबाट लैजान दबाब बढेको छ । पचास प्रतिशतभन्दा बढी खोकनाबासीलाई मुआब्जा बुझाईसकेपछि उत्पन्न विवादलाई समाधान नगरि विकल्पको रुपमा फर्सिडोल पुर्‍याउन लागिएको छ।

५४ किलोमिटर क्षेत्रमा २१ ठेकेदार कम्पनीले लगातार काम अघि बढाइसकेको उक्त द्रुत मार्गको काठमाडौं उपत्यका जोड्ने जिरो पोइन्टमा विवाद लामो समयदेखि भए पनि नसल्टिएपछि सेनाले चार विकल्प बाहिर ल्याएको छ ।

सेनाले अघि सारेको पहिलो विकल्पमा पुरानै आधार अर्थात् एसियाली विकास बैंकको अध्ययनअनुसार मन्दिर, बस्तीलाई ध्यान दिएर खोकनालाई नै जिरो किलो बनाउने छ।

दोस्रो विकल्प खोकनामै दुई सय मिटर सुरुङमार्गबाट जोड्ने, तेस्रो विकल्प रेखांकन परिवर्तन गर्दै पुरातत्व जोगाउँदै त्यही स्थानलाई जिरो किलो बनाउने र चौथो विकल्प खोकनाबाट पनि पाँच किलोमिटर पर फर्सिडोललाई जिरो बनाउने छन्।

रक्षामन्त्री ईश्वर पोखरेलले शुक्रबार खोकना र फर्सिडोल दुवै स्थानको भ्रमण गरी विकल्पहरुबारे सेना र स्थानीयको धारण सुने। रक्षामन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै पनि विरोधमा उत्रिएका स्थानीयलाई सैनिक मुख्यालय बोलाएर उनले धारणा सुनेका थिए। स्थलगत अवलोकन पछि उनले सरकार छिट्टै उत्तम विकल्पमा पुग्ने बताए।

उनले खोकना सहरको सांस्कृतिक महत्वलाई बचाउने गरी विकल्प खोजिने पनि बताए। फर्सिडोललाई जिरो किलोमिटर बनाउँदा त्यहाँ पनि विरोध हुनसक्ने बारे पनि प्रश्न उठेको छ। यसबारे मन्त्री पोखरेलले अहिले अध्ययनमात्र भएको, निर्णय नभइसकेको बताए। जिरो पोइन्ट बारे मन्त्रिपरिषदले नै निर्णय लिनुपर्ने हुन्छ। खोकनाबासीले लामो समयदेखि ऐतिहासिक र सांस्कृतिक महत्वको खोकनालाई जोगाउनु पर्ने भन्दै द्रूतमार्गको रेखाङ्कन मन्दिरमा नपार्न माग गर्दै आएका छन्।

त्यस क्षेत्रबाट सांसद रहेकी पम्फा भुषालले पनि फर्सिडोल पुर्‍याउन भूमिका निर्वाह गरेको उनीहरुको धारणा छ। सांसद भुषालले परियोजनाभन्दा पनि केही स्थानीयको लागि यस्तो धारणा राखेको खोकनाबासीको आरोप छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...