प्रहरीलाई अदालतको आदेश ‘गोरेलाई सुरक्षा दिनु’

Gora gold.jpg 9

इटहरी । सुन काण्डका मुख्य नाइके चूणामणि उप्रेती ‘गोरे’लाई आवश्यक सुरक्षा दिएर प्रहरी हिरासतमा राख्न जिल्ला अदालत मोरङले आदेश दिएको छ । 

सुनको अवैध कारोबार, शनम शाक्यको अपहरण तथा हत्या र संगठित अपराधका मुख्य अभियुक्त रहेका ‘गोरे’ले उनी विरुद्धको अभियोगमा अदालतले बुधबार सुरु गरेको बयानका क्रममा आफ्नो जीउज्यान असुरक्षित रहेकोले मानव अधिकारको निगरानी माग गर्दै अदालतमा निवेदन दिएका थिए ।

सो मुद्दा सुनुवाई गर्दै आएका न्यायधीश नारायणप्रसाद शर्माको इजलासले जिल्ला प्रहरी कार्यालय मोरङको नाममा ‘आवश्यक सुरक्षा व्यवस्थापन मिलाउनु’ भन्ने आदेश समेत दिइसकेको निमित्त स्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी दिए ।
सुन प्रकरणसँगै जोडिएका सानु बनको आत्महत्या, प्रहरी हिरासतमा रहेका प्रेमलाल चौधरीको आत्महत्याले आफूलाई त्रसित बनाएको भन्दै गोरेले हिरासतमै आफू असुरक्षित रहेको भनि निवेदन दिएका हुन् ।

मुख्य अभियुक्त गोरेसहित ६३ प्रतिवादी विरुद्ध जिल्ला अदालत मोरङमा दायर गरिएको अभियोगमा पक्राउ परेका ३० जनामध्ये २८ प्रतिवादीलाई थुनामा राख्ने आदेश भईसकेको छ । गोरे विरुद्ध थुनछेक बहसका लागि जिल्ला अदालत मोरङले बयान लिन थालेको छ ।

प्रतिवादी गोरेको पक्षमा बहस गर्न वकालतनामा भराएका कानुन व्यवसायी यामबहादुर मगरका अनुसार पहिलो दिन अदालतमा उनले आफ्नो पृष्ठभूमिसहितको बयान दिएका छन् । सुन हराएपछि आफूले सहनु परेको दवाब, त्यसपछि सुन खोज्न पाएको जिम्मा लगायतका विषयलाई गोरेले बयानमा बताएका छन् ।

सुन हराएपछि काठमाडौंदेखि सिन्धुलीसम्म उनले अपनाएको विभिन्न गतिविधि र क्रियाकलाप बारेको बयान पाँच पृष्ठको भएको छ । अदालतमा प्रतिवादी भएका ६३ प्रतिवादीलाई नै आफूले चिन्ने बताएका गोरेलाई सुरुमा अभियोग पढेर सुनाइएको कानुन व्यवसायी मगरले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...