राजविराज विमानस्थल १५ वर्षपछि सञ्चालनमा

Shree n

काठमाडौं । वि.स. २०६० साल देखि बन्द रहेको राजबिराज विमानस्थलमा सञ्चालनमा आएको छ । बुधबार श्री एयरलाइन्सको सीआरजे २०० विमानले यो विमानस्थलमा सफल परिक्षण उडान गरेको छ ।

विमानस्थल बिहीबारदेखि पूर्ण रुपमा सञ्चालनमा आउने श्री एयरलाइन्सका कर्पोरेट म्यानेजर अनील मानन्धरले जानकारी दिए । उनले यो विमानस्थलमा विमान उडानका लागि उपयुक्त छ वा छैन भन्ने जान्नका लागि परिक्षण उडान गरेको बताए ।

श्रीको ५० सिट क्षेमताको सीआरजे विमानले विराटनगरदेखि राजबिराजसम्म उडान गरेको कर्पोरेट म्यानेजर मानन्धरले जानकारी दिए । काठमाडौं–राजबिराज १५ दिन पछि दैनिक उडान गर्ने योजना रहेको म्यानेजर मानन्धरले जानकारी दिए ।

‘नेपाल नागरिक उड्डयन प्राधिकरणबाट दैनिक उडानका लागि अनुमति लिनलाई समय लाग्ने भएकाले १५ दिन पछि दैनिक उडान गर्ने योजना बनाएका छौ,’ उनले भने, ‘सिआरजे २०० वा ७०० मध्यमा एकबाट नियमित उडान गर्ने छौ।’ विमानस्थलको उद्धघाटन बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले गर्ने छन् ।

बन्द हुनु पहिले राजबिराज विमानस्थलमा नेपाल वायुसेवा निगमका विमानले मात्र उडान गर्दै आएको थियो । सडक यातायातको सञ्जालमा जोडिएसँगै राजबिराज विमानस्थल बन्द भएको हो। यो विमानस्थल वि।स २०१७ देखि सञ्चालनमा आएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...