गौरीघाटबाटै पक्राउ परेका थिए गोरे, मोरङ जिल्ला अदालत पठाइने

Gore 1

काठमाडौं । सुन तस्करी तथा हत्या अभियोग लागेका चुडामणि उप्रेती ‘गोरे’ अन्ततः पक्राउ परेका छन् । आज मंगलबार सुन तस्करी तथा शनम शाक्य हत्याको छानबिन गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा गठित समितिले उनलाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

मंगलबार बिहान साढे पाँच बजेतिर उनी बस्दै आएको क्षेत्र काठमाडौंको गौरिघाटबाटै उनलार्इ पक्राउ गरिएको सम्मेलनमा जानकारी दिइयो । शनम हत्या र सुन प्रकरणको मुद्दामा बहस जारी रहेकोले उनलार्इ मोरङ जिल्ला अदालतमा उपस्थित गराउने तयारी रहेको समेत जानकारी दिइयो ।

उनीविरुद्ध ३८ क्विन्टल सुन तस्करी गरेको आरोप लागेको छ । केही समयअघि विमानस्थलबाट बराम ३३ किलो सुन हराएपछि खुल्दै गएको सुन तस्करीको रहस्यमा उनी नै तस्करीका मुख्य नाइके रहेको बताइन्छ । सुन ओसारपसारमा प्रयोग गरेका मोरङका शनम शाक्यको हत्याका मुख्य अभियुक्त समेत रहेका गोरे पछिल्लो समय फरार थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...