साढे ३३ किलो सुन तस्करी : प्रतिउत्तर सुरु

प्रतिवादीकातर्फबाट जम्मा ५६ जना कानुन व्यवसायीले बहस गरे

Gold

विराटनगर । साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको थुनछेक बहस सकिएर प्रतिउत्तर सुरु भएको छ । 

अघिल्लो बिहीबारदेखि थुनछेक बहस सुरु भएको थियो । बिहीबार र शुक्रबार सरकारी वकिलहरुले बहस गरे भने अघिल्लो आइतबारदेखि प्रतिरक्षामा कानुन व्यवसायीहरुले बहस गरेका थिए । प्रतिवादीका पक्षमा बहस गर्ने कानुन व्यवसायीको संख्या धेरै भएका कारण थुनछेक बहस सकिन १० दिन समय लाग्यो ।

जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा प्रतिवादीकातर्फबाट जम्मा ५६ जना कानुन व्यवसायीले बहस गरेका हुन् ।

प्रतिरक्षामा थुनछेक बहस सकिएपछि सोमबारबाटै इजलासमा वादी नेपाल सरकारका तर्फबाट प्रतिउत्तर बहस सुरु भएको छ । बहसका क्रममा कानुन व्यवसायीहरुले उठाएका प्रश्नको जवाफ सरकारी वकिलहरुले प्रतिउत्तर बहसमा दिन सुरु गरेका छन् । प्रतिउत्तरको पहिलो दिन जिल्ला सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधीवक्ता पुण्यप्रसाद पाठकको बहस सकिएको छ ।

कानुन व्यवसायीहरुले संगठित अपराध नभएका कारण मुद्दा स्थापित नै हुन नसक्ने जिकिर गरिरहेका बेला प्रतिउत्तरका क्रममा न्यायाधीवक्ता पाठकले संगठित अपराध गर्ने तरिका, संगठित अपराध अन्तर्गत सुन तस्करीमा सुन ल्याउने प्रक्रिया र तरिका, अपराध गर्न बनाइने संगठित मानिसहरुको समूह तथा उनीहरुका ‘कनेक्सन’का बारेमा प्रष्ट पारेका छन् ।

तस्करी गरेको भनिएको सुन खोइ भनेर कानुन व्यवसायीले बहसका क्रममा प्रश्न गरेको विषयमा उनले अन्तिम पटक तस्करी गरिएको साढे ३३ किलो सुन सरकारले खोजिरहेको जवाफ दिएका थिए ।

सुन तस्करी र सनम हत्या काण्डमा ६३ जनालाई अभियुक्त बनाएर जिल्ला अदालत मोरङमा अपराधिक समूह स्थापना तथा संचालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकमा गत बैशाख १९ गते मुद्दा दर्ता गरिएको थियो ।

यो मुद्दाका ३० अभियुक्त पक्राउ परे पनि ३३ जना भने अझै फरार छन् । १७ अर्व एक करोड ८० लाख ७१ हजार चार सय १३ रुपैयाँ ९० पैसा माग दावी सहितको मुद्दा दर्ता गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...