प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै सर्वोच्चमा रिट

Supreme court

काठमाडौं । सर्वोच्च अदालतमा प्रधानन्यायधीश नियुक्तिको माग गर्दै रिट दायर भएको छ ।

अधिवक्ता सन्तोष भण्डारीले आइतबार संवैधानिक परिषद्, संघीय संसद् सचिवालय, संवैधानिक परिषद्का अध्यक्ष, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता, प्रतिनिधिसभाका उपसभामुखसहितलाई विपक्षी बनाएर रिट दर्ता गरेका हुन् ।

न्यायपरिषदले तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीलाई उमेरहदका कारण ३० फागुनमा बर्खास्त गरेपछि सर्वोच्च प्रधानन्यायधीश विहिन छ । पराजुलीको उमेरहदका कारण २१ साउन ०७४ मा अवकाशप्राप्त भएको भन्ने न्यायपरिषद्का सचिव नृपध्वज निरौलाले पत्र दिएका थिए ।

गत १ चैतमा तत्कालीन प्रधानन्यायाधीश पराजुलीले राष्ट्रपतिसमक्ष राजीनामा दिएपछि दुई महिनादेखि कामु प्रधानन्यायाधीश दीपकराज जोशी छन् ।

न्यायपरिषद्ले गत १३ चैतमा कामु प्रधानन्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्रशमशेर जबराको नाम प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...