कालिखोलामा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध

Muglin sadak

चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६, कालीखोलामा पहिरो खसेपछि आवागमन रोकिएको छ ।

आइतबार बिहान ५ः३० बजे सो स्थानमा ठुलो पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अहिले अबरुद्ध सडक खोल्न पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो ठूलो भएकाले पन्छाउन भने केही समय लाग्ने बताइएको छ ।

सडक अवरुद्ध हुँदा सवारी साधनको लामो लाम लाग्नुका साथै यात्रीहरु अलपत्र परेका छन् ।

प्रतिकृया दिनुहोस