डोटीमा जिप दुर्घटना ६ जना घाइते, दुर्इको अवस्था गम्भीर

Accident rutier

डोटी । डोटीको जोरायल गाउँपालिका ४ लक्ष्मीनगरमा जिप दुर्घटना हुदाँ ६ जना घाइते भएका छन्, भने दुइको अवस्था गम्भिर घाइते भएका छन् ।

बुडर जोरायल सडक खण्डअन्तर्गत पर्ने बाँजीलेक गुँयली भन्ने ठाउँमा ना१ज ३११९ नम्बर जिप दुर्घटना  भएको हो। घाइतेमध्ये २ जना नरेश मडै र चित्रा शाहानीको अवस्था गम्भीर रहेको जनाइएको छ।

अन्य घाइतेहरुमा  वीरेन्द्र शाहु, घुव्रराज जोशी, जेतबहादुर खत्री,  सिर्जना खत्री रहेको प्रहरीले जनाएको छ।

जोरायलबाट कैलालीका लागि हिँडेको जिप सडकबाट करिब २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।

घाइतेहरुको सरस्वती प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने गम्भीर घाइतेको थप उपचारका लागि कैलाली पठाइएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...