बागबजारमै नक्कली नोट छाप्ने कारखाना, दुई करोड ६० लाख नक्कली नोटसहित ६ जना पक्राउ

Nakkali note

काठमाडौं । काठमाडौंको बागवजारमा नक्कली नोट छाप्ने कारखाना फेला परेको छ । सो कारखानाबाट ठूलो परिणाममा नक्कली नेपाली नोटसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा फिल्म निर्माता माधव वाग्ले, महेन्द्र बोगटी, सुजित तामाङ, सुजन तामाङलगायत रहेका महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ । उनीहरुको साथबाट दुई करोड ६० लाख ६३ हजार रुपैयाँ बराबरको नक्कली नोटपनि बरामद भएको प्रहरीले जानकारी दिएको छ । वाग्लेलाई काठमाडौंको नक्शालबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले सुटिङका लागि जम्मा गरेको रकमको बाहना बनाएको प्रहरी स्रोतको भनाइ छ ।

नक्कली नोटहरु राजधानीका विभिन्न स्थानबाट सोमबारदेखि बुधबारसम्म गरी बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । यी नोटहरु काठमाडौं उपत्यकाको गोंगबु, लुबु र बागबजारबाट बरामद गरिएको हो । गोंगबुबाट सोमबार, धापाखेलबाट मंगलबार र बागबजारबाट बुधबार बरामद गरिएको हो ।

यस्ता नक्कली नोट उनीहरुले होटल, रेष्टुरेन्टको बिल तिर्ने, यौनकर्मीलाई दिने, जुवा खेल्ने, लागू औषध किन्नमा प्रयोग गर्ने गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...