कञ्चनपुरमा आधा किलोग्राम सुनसहित दुई भारतीय पक्राउ

Zzzzzzzz1

कञ्चनपुर । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले आधा किलोग्राम सुनसहित दुई भारतीय नागरिक पक्राउ गरेको छ ।

टोलीले बुधबार बिहान पश्चिमी नाकामा ४ सय ९६ ग्राम सुनसहित  पक्राउ गरेको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा भारतको हरियाणाका जीतेन्द्र सैनी र सुरेशकुमार रहेका छन् ।

कञ्चनपुर भन्सार कार्यालयका प्रमुख मदन दाहालको भन्सार टोलीले सुनसहित भारतीय नागरिक पक्राउ गरेको र ती अभियुक्तलाई भन्सार ऐन–२०६४ अनुसार कारबाही गरिने बताएका छन् ।

काठमाडौँबाट गड्डाचौकी हुँदै भारतीय नम्बर प्लेटको एच. आर १२ एच ०००६ नं को जिपमा भारततर्फ जाँदै गर्दा भन्सार टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियोे ।

प्रहरीका अनुसार पक्राउ परेका अभियुक्तले सुन काठमाडौँंबाट खरिद गरेर ल्याएको प्रारम्भिक बयान दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

टनकपुरमा भयानक दुर्घटना, नौजनाको मृत्यु

Purnagiri temple

महेन्द्रनगर । भारतमा प्रसिद्ध तीर्थस्थल पुर्णागिरी मन्दिर दर्शनका लागि जाँदै गरेका तीर्थयात्रीहरु...