प्युठान बस दुर्घटना: ‘ बचाउ-बचाउ भन्दै थिए घाईतेहरु ’

Bus acc puthyam

प्युठान । रातको त्यस्तै साढे दुई बजेको समय । बस यात्रु र लगेज बोकेर ओरालो बाटो लाग्दै थियो । बस राम्रै तरिकाले आईरहेको थियो। चालक सहचालक सहित त्यस्तै २५ जना भन्दा वढी यात्रु चढेका थिए। प्राय सबैजसो यात्रु भुसुक्क निन्द्रामा थिए । 'पाकुरीखोला छिचोलेपछी गुडिरहेको बसको स्टार्ट अचानक बन्द भयो।' हेडलाईट निभ्यो। अर्कै तरिकाले गुडेको जस्तो अनुभव भयो । भाग्यले बांचेका रमेश भण्डारी भन्छन:' वस बाटो छोडेर भीर तिर घसारिन थाल्यो।सबैजना चिच्याउन थाले । बसले एक्कासी लिक छोड्यो,ढ्ल्कियो र भर्ल्याङ खांदै रुखमा बजारिन पुग्यो। ठूलो आवाज आयो,पछि त पछारिदै गयो। बस त गर्ल्यामगुर्लुम भिरबाट गुल्टिसकेछ । त्यसपछि के के भयो पत्तो नै पाइएन।

'प्युठानको सरुमारानी -४ पाकुरी खोलामा शनिवार राती भएको बस दुर्घटनाको बेलिबिस्तार सुनाउने उनै रमेशले भने मलाई केही भएन, भाग्यले बाँचे ।। छुट्टी लिएर परिवार भेट्न घर फर्कदै थिए उनी। पुर्वी रुकुममा बहालवाला शसत्र प्रहरीको जवान समेत रहेका रमेश पनि बससंगै भिर मुनि खसे दुई सय मिटर ।तर भाग्य बलियो । पिठो अझै सकिएको रहेन्छ उनी कालको मुखबाट जोगिए । बस खस्यो उनको मन खसेन । मोबाईल थियो उनले तत्काल प्रहरिलाई फोन गर्न समेत भ्याएछन । उनले पहिलो फोन सशस्त्र प्रहरी बल बिजुवारमा गरे। उनले भिरबाट बस खस्यो ' उद्धार गर्नुपर्यो चाडो आउनुहोस। उनले नेपाल प्रहरिलाई पनि यहि खबर सुनाए । कोहि बिचमा खसेका रहेछन। कोहि बसभित्र वाटै वचाउ वचाउ भन्दै थिए । कोहि सिट मुनि थिए।कोहि सामानले च्यापीएका थिए । म सिसा फोरेर बाहिर निस्किएँ । भित्रबाट सानो भाईको आवाज आयो, गुहार माग्दै दाइ मलाई बचाउनु भनेपछी रमेशले तत्कालै उनको पनि उद्धार गरे ।

रमेशले भने हामी दुई जना मिलेर सकेजतिलाई निकाल्यौँ । रमेशले हात दिएका उनै थमजित बिक थिए । प्युठानको गौमुखी ४ अर्खाका थमजित बिक भान्जीलाई लिएर भारतबाट घर आउन लागेका थिए। हिरा बिरामी थिईन । त्यसैले लामो उपचारपछी घर फर्कदै थिए उनिहरु।महेन्द्रनगर आएर टिकट काटे । सिमा पारिबाट घरको साईत गर्दा सायदै कोहि पनि बिपद आईलाग्छ भन्ने सोच्दैन्न। यिनिहरुले पनि दुर्घट्नामा परिन्छ भन्ने एकरत्ती पनि सोचेका थिएन्न। तर जे नहुनु थियो त्यही भयो । भाग्यमानी रैछिन हिरा आफ्नै जिल्लामा आएर मर्नु पर्यो ।

‘बसका पार्टपुर्जाहरु टुक्रा-टुक्रामा छरिएका थिए । वरिपरि घाइतेहरु छटपटिँदै चिच्याइरहेका थिए । शवहरु पनि यत्रतत्र छरिएका थिए । कोही बसमा च्यापिएका थिए । अवस्था यति भयावह थियो कि व्यक्त गर्नसक्ने अवस्था छैन त्यो सुनसान रातमा ।’ खबर पाए लगत्तै घटनास्थल पुगेका नेपाल प्रहरीका अशई रमेश नगारि घटना बारे सुनाउदै थिए। दुर्घटना बडडाडा- चकचके सडकखण्डको पाकुरी खोला भन्ने ठाउमा भएको हो । दुर्घटना भएको थाहा पाउँदा बित्तिकै म पनि घटनास्थल पुगें । मृतक र घाइतेका आफन्तहरु घटनास्थलमा चिच्याइरहेका थिए ।
घाइतेहरुले पानी-पानी भनिरहेका थिए । कोही मलाई बचाऊ, अस्पताल लगिदेऊ भन्दै थिए । रगत बगिरहेको थियो । तर के गर्ने, कसरी गर्ने एकछिन अलमलमा परियो ।

गाडीभित्र मान्छे किचिएको देखिन्थ्यो । धेरैजनाले बचाउ-बचाउ भन्दै थिए तर उद्धार हुन सकिरहेको थिएन । प्रहरीसँग मिलेर मैले पनि केहिलाई उद्धारको कोसिस गरें । स्थानिय सरुमारानी गाउँ सरकारका बिपत ब्याबस्थापन समिती संयोजक मोहम्मद हलिम हलुवाइ पनि उद्धारमा थिए । प्रहरी हवल्दार बिरेन्द्र केसि उद्धारमा देखिन्थे। हलुवाइ सहित चार प्रहरी, पत्रकार र दुर्घटनामा परेर पनि काडाले समेत नकोतरेका दुई जना यात्रु बाहेक अरु कोहि थिएन्न। तर ती प्रहरीलाई घटनास्थलका विरामीका लागि उपचारको व्यवस्था गर्न, घाइतेको उद्धार र मृतकको सनाखत गर्न निकै अप्ठेरो भइरहेको थियो । पछि सुरक्षाकर्मी थपिए । दुर्घटनास्थलबाट बडडाडा बजार नजिकै भएकाले स्थानीयहहरु पनि घटनास्थल पुगेर उद्धार कार्यमा जुटे ।

महेन्द्रनगरबाट जिल्ला सदरमुकाम खलङ्गा तर्फ जाँदै गरेको बसले विभिन्न सामानसहित २८/३० जना मानिस बोकेर उँदो लाग्दै थियो । वर्षामा सानो पहिरो खसेर बाटो भिरालो परेको थियो । त्यहिँनेर बस दुर्घटनामा परेको हो । सबै गाडी त्यहाँ पुग्दा कोल्टो परेर जान्थे । तर त्यो सडक पार गरेको बस एक सम्ममा गएर सडकको लिक छोड्यो।

जहाँबाट गाडी झर्यो, त्यहाँ जमिन थोरै भासिएको देखिन्छ । त्यसपछि गाडी बजारिँदै टुक्रा-टुक्रा भएर करिब २ सय मिटर तल झरेको छ ।
दुर्घटना भएको खबर सुनेको १५ मिनेट नबित्दै प्रहरी पुग्यो । एम्बुलेन्स नआउन्जेल सम्म सबैलाई अत्तायो अस्थायी प्रहरी पोष्ट्र बडडाडामा कार्यरत प्रहरी जवान बद्री कुँवर भन्छन जब आधा घण्टा मै एम्बुलेन्स आयो,सास रहेका जत्तिलाई अस्पताल पठायौ।
बस करिब रातको २:४० बजे दुर्घटनामा परेको थियो ।

दुर्घटनास्थलबाट करिब २ किमि दुरिमा नजिकको मेडिकल हल छ । त्योभन्दा नजिक कुनै स्वास्थ्य चौकी छैन । मेडिकलका एक स्वास्थ्यकर्मीले भएका औषधि लिएर उपचारको कोशिस गरिरहेका थिए । तर प्राथमिक उपचारले मात्र गम्भीर घाइतेको जीवन रक्षा गर्ने स्थिति थिएन । शनिबार राती भएको ना ४ ख १८७६ नम्बरको महाकाली यातायातको बस दुर्घटना हुंदा चालक सहित ५ जनाले घटनास्थलमै ज्यान गुमाउनुका साथै २० जना घाईते भएका छन । घाईतेहरुको बुट्वल,कोहोलपुर सहित जिल्ला अस्पताल प्युठानमा उपचार भईरहेको प्रहरिले बताएको छ। श्रोतका अनुसार मृत्यु हुनेहरुमा गौमुखी गाँऊपालिका–१ प्यूठानका १७ बर्षिया हिरा टमाट, सवारी चालक महेन्द्रनगरका ३६ बर्षिया विरबहादुर थारु , प्यूठान नगरपालिका–२ का सरिता शर्मा, झिमरुक गाँऊपालिका बाँदिकोटका २८ बर्षिय हरि मल्ल , कैलाली चिसापानीका २८ बर्षिया सविता चन्द रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...