आइपीएल : चेन्नई सुपरकिंग्सको छैटौं जित

Dwayne bravo ipl

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपरकिंग्स दिल्ली डेयरडेभिल्सलाई १३ रनले पराजित गर्दै विजयी भएको छ।

महाराष्ट्र क्रिकेट एशोसियसन स्टेडियममा टस हारेर व्याटिङ्गको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २११ रनको योगफल तयार पार्यो। २१२ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाउँदै १९८ रन मात्र बनाउन सक्यो।

दिल्लीका ऋषभ पन्तले ४५ बलमा ७ चौका र ६ छक्कासहित ७९ रन र विजय शंकरले ३१ बलमा ५ छक्का र १ चौकासहित नटआउट ५४ रन बनाय पनि त्यो जितका लागि काफि हुन सकेन।

चेन्नईका लागि शेन वाट्सनले ७८ रनको पारी खेले। ४० बल खेलेका उनले ४ चौका र ७ छक्का प्रहार गरे।

अम्बति रायडू र कप्तान महेन्द्र सिंह धोनीले उत्कृष्ट साझेदारी गर्दै टिमको स्कोर उकासे। रायडू ४१ रनमा आउँट धोनी ५१ रनमा अविजित रहे। २४ बल खेलेका रायडूले ५ चौका र १ छक्का प्रहार गर्दा धोनीले २२ बलमा २ चौका र ५ छक्का प्रहार गर्न भ्याए।

फाफ डु प्लेसिसले ३३ बलमा ३ चौका र १ छक्कासहित ३३ रन जोडे। सुरेश रैना १ रनमा आउट भए।

बलिङतर्फ अमित मिश्र, विजय शंकर र ग्लेन म्याक्सवेलले समान १–१ विकेट लिए।

यो जितसँगै चेन्नई अंक तालिकाको शीर्ष स्थानमा उक्लियको छ भने दिल्ली भने अंक तालिकाको पुछारमा छ।

आईपीएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंग्लोर र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुने छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...