भूकम्प गएको ३ वर्ष पुरा, खोटाङको दुई गाउँपालिकामा अझै पुगेनन् इन्जिनियर

Baseri 9 khotang

खोटाङ । भूकम्प गएको ३ वर्ष पुरा भैसक्दासमेत खोटाङको २ नगरपालिका र ८ गाउँपालिका रहेको खोटाङको २ गाउँपालिकामा अझै इन्जिनियर आएका छैनन् ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ऐसेलुखर्क गाउँपालिका र दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिकामा अहिलेसम्म पनि इन्जिनियर नआएका हुन् ।

दुई गाउँपालिकामा अहिलेसम्म इन्जिनियर नआएपछि पुनःनिर्माणका लागि नक्सा र प्राविधिक सल्लाह नपाउँदा भूकम्पपीडित अन्योलमा परेका छन् । जिल्लाका केही पीडितले भने बिना नक्सा र प्राविधिक सल्लाहमा घर पुनःनिर्माण गरिरहेका छन् ।

गाउँपालिकामा इन्जिनियर नआएपछि पटक–पटक खबर गर्दासमेत प्राधिकरणले चासो नदिएको पालिका प्रमुखको गुनासो छ । गाउँपालिकामा खटिएका इन्जिनियरहरु भौगोलिक विकटतालगायतका बहाना बनाएर बसेको स्रोतको दाबी छ ।

जिल्लाका ८ हजार ४ सय ४३ घर भूकम्पपीडितमध्ये अहिलेसम्म ८ हजार १ सय ५१ घर पीडित परिवारले मात्र पहिलो किस्ताबापतको रकम पाएका छन् । पुनःनिर्माण प्राधिकरणबाट करीब वर्ष दिनअघि पहिलो किस्ताबापतको रकम आए पनि अहिलेसम्म २ सय ९२ घर पीडित परिवारले रकम पाएका छैनन् ।

कागजपत्र नमिलेको तथा सम्झौता गर्न बाँकी परिवारलाई पहिलो किस्ताबापतको रकम दिन बाँकी रहेको प्राधिकरणका सम्पर्क व्यक्ति एवं निमित्त समन्वय अधिकारी रविकिरण आचार्यले बताए ।  पहिलो किस्ताका लागि प्रतिपरिवार ५० हजारका दरले ४२ करोड २१ लाख ५० हजार रकम आएको थियो ।

भत्किएको घर पुनःनिर्माण र दोस्रो किस्ता वितरणका लागि प्राधिकरणले चासो नदिएको स्रोतको दाबी छ । जिल्लामा पुनःनिर्माण प्राधिकरणको कार्यालय सञ्चालनका लागि भाडामा घर लिए पनि अहिलेसम्म सञ्चालन भएको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...