बुटवलको मूल सडकमा चल्यो डोजर !

Dojer  butwal

बुटवल । बुटवलको राजमार्ग चैराहदेखि गोलपार्कसम्मको सडक बिस्तार शुरु भएको छ । बुटवल–बेलहिया ब्यापारिक मार्ग आयोजनाले बुटवलका व्यापारीका ३ सय ८४ घर डोजर लगाएर भत्काउन थालेको छ ।

वैशाख ४ गते डोजर चल्न थालेपछि घरधनीले अन्तिमपटकका लागि भन्दै एक हप्ताको समय मागेका थिए । ३ सय ८४ घरमध्ये ७० जना भन्दा धेरैले घर आँफैले भत्काएका थिए । एक हप्ताको समय आज सकिएपछि घर भत्काउन थालिएको बुटवल–बेलहिया ब्यापारिक मार्ग आयोजना प्रमुख जिवेन्द्र मिश्रले जानकारी दिए ।

आयोजनाका अनुसार राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको साढे तीन किलोमिटर सडक खण्डमा तीन सय २५ घर सडक मिचेर बनेका छन् । 

संघर्ष समिति गठन गरेर भत्काउन नमिल्ने भन्दै बिभिन्न अवरोध गरेका घरधनीकोपक्षमा प्रमुख तीन दल एमाले, कांग्रेस र माओवादी तथा चार वटा व्यवसायीक संस्थाले विज्ञप्ति निकालेर सडक विस्तार रोक्न माग गरेका थिए । 

 यो सडकमा २ लेयर अर्थात १० सेन्टिमिटर कालोपत्रे थपिने छ । दायाँ–बायाँ १–१ लेनको सर्भिस लेन र नाली पनि बनाइने छ । कुल ५० मिटर सडक क्षेत्रमध्ये बीचमा डिभाइडर, दायाँ–बायाँ साढे १०–साढे १० मिटर चौडाइको मुख्य लेन, त्यसबाहिर ६–६ मिटरको सर्भिस लेन हुने छ ।

यो हप्ता थपिएको समयमा पनि धेरैले भत्काउने काम गरिहेका छन् । अटेर गरेर बिभिन्न बहाना खोज्नेहरुका घरमा डोजर चलेको थियो ।

सडक विस्तारको सम्झौता भइसकेको छ । यसको कुल लागत ४२ करोड रुपैयाँ अनुमान गरिएको छ । बुटवल–बेलहिया ६ लेनको सडक निर्माण गर्न हालसम्म निर्माण व्यवसायीहरूलाई ३ अर्ब ७५ करोड भुक्तानी दिइसकेको आयोजनाले जनाएको छ ।

आर्थिक वर्ष २०७०/७१ मा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०६९ सालदेखि बुटवल राजमार्ग चौराहादेखि बेलहिया नाकासम्म २४ किलोमिटर सडक निर्माण सुरु भएको थियो ।

व्यापारिक मार्ग विस्तार आयोजनाका लागि ३ अर्ब ३ करोड ८३ लाखमा ठेक्का दिइएको थियो । आर्थिक वर्ष २०७३/७४ देखि राजमार्ग चौराहादेखि चिडियाखोलासम्म साढे तीन किलोमिटर सडक आयोजनामा थपिएको हो ।

योसमेत गरी ५ अर्ब ८६ करोड रुपैयाँमा बुटवलदेखि बेलहिया नाकासम्मको साढे २७ किलोमिटर सडक ६ लेनको बनाइने आयोजनाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...