ट्रम्प प्रशासनको मारमा परेका ९ हजार नेपाली घर फर्किने

Usa nepali

काठमाडौं । आप्रावासीप्रति कडा बन्दै आएको अमेरिकी सरकाले झण्डै ९ हजार नेपालीलाई देश निकाला गर्ने भएको छ ।

अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपालमा विनासकारी भूकम्प आएदेखि नेपाली नागरिकलाई टेम्पोररी प्रोटेक्टेट स्टाटस् (टीपीएस) दिँदै आएको थियो ।

२०७२ बैशाख १२ मा आएको विनाशकारी भूकम्पको कारण देखाउँदै तीन वर्षअघि अमेरिकी सरकारले ‘अनडकुमेन्टेड’ अवस्थामा बसोबास गरिरहेका नेपालीहरुलाई टीपीएस सुविधा दिएको थियो ।

तर, अहिले अमेरिकी सरकारले टीपीएस सुविधा खारेज गर्न लागेको छ । योसँगै अमेरिकामा बसोबास गर्दै आएका करिव ९ हजार नेपालीले अमेरिका छोड्नुपर्ने भएको हो ।

सो स्किमअन्तर्गत झण्डै १५ हजार नेपालीले टीपीएस सुविधा लिएको भए पनि अहिले झण्डै ९ हजार मात्रै अमेरिकामा बसोबास गर्दै आएको विभागको तथ्यांक छ ।

त्यसबेला टीपीएस खारेज गरी उनीहरुलाई घर फर्काउने तयारी गरेको द वासिङट्न पोष्टको अनलाइन संस्करणले जनाएको छ ।

वासिङट्न पोष्टले विभागले तयार पारेको आन्तरिक योजनाको दस्तावेज फेला पारेको छ जसमा नेपालीहरुलाई दिँदै आएको टीपीएस सुविधा खारेज गरी स्वदेश फर्कनका लागि एक वर्षको समय दिने उल्लेख छ ।

महाभूकम्पमा ज्यान गुमाएका आफन्त भेट्न नेपाल आवतजावत गर्न सहज होस् भन्ने प्रयोजनका लागि अमेरिकाले नेपाली नागरिकलाई टीपीएस सुविधा दिएको थियो ।

नेपालीलाई दिइएको टीपीएसको समय जुन महिनामा सकिँदैछ । समय समाप्त हुनुभन्दा ६० दिन पहिले निर्णय गरिसक्नुपर्ने प्रावधान रहेको हुँदा केही दिनमै विभागले नेपालीको टीपीएस खारेज निर्णय सार्वजनिक गर्न सक्ने छ ।

प्रतिकृया दिनुहोस