सदाचार नीतिले ख्रीष्टियन समुदायलाई अन्यायमा पार्छ

Cristan

काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघले हालै प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले प्रस्ताव गरेको राष्ट्रिय सदाचार नीति–२०७४ को बिरोध जनाएको छ ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा महासंघले पत्रकार सम्मेलन गरेर मन्त्रीपरिषदले प्रस्ताव गरेको सदाचार नीतिको मौसदामा नागरिकले स्वतन्त्र रुपमा धर्म छान्न पाउने अधिकारलाई कुण्ठीत बनाएको भन्दै बिरोध जनाएको हो ।

महासंघका अध्यक्ष सिवि गहतराजले ख्रीष्टियनहरुको धार्मिक अधिकारमाथि सरकारले कडाई गरे आगामी दिनमा नेपालमा क्रिष्टियनहरुको संख्य दोब्बर हुने दाबी गरेका छन् ।

उनले भने,‘पृथ्वीनारायण शाहले देश निकाला गरेको ख्रीष्टियनहरुको संख्या आज आएर ३० लाख पुगेको छ, यसरी नै सरकारले हामीमाथिको अन्याय कायम गर्ने हो भने हाम्रो संख्या बढ्छ, हामीलाई हेप्ने कुरा धेरै परको कुरा हो, कसैले चिमोट्यो भनेपनि हामी एकजुट हुन्छाँै ।’

उनले अघि भने,‘सरकार समृद्धिको बाटोमा जान्छ, यदि सरकार आँफै जनताका अधिकारहरुलाई कुण्ठित गर्ने बाटोमा गैरहेको छ, पत्रकार मित्रहरुले भनिदिनुुस् सरकार समृद्धिको बाटोमा हिड्नुपर्यो भनेर, उल्टो बाटो हिँडेर गन्तब्यमा पुगिँदैन भनेर सरकारलाई जहाँसम्म थाहा छैन्, संविधानले दिएका हकअधिकारहरुलाई कार्यान्वय गर्नुको साटो राज्य जनतामाथि प्रहार हुँदैछ ।’

उनले अघि थपे,‘केही दिन पहिले सरकारले कुनैपनि धर्मालम्बीहरुसँग छलफल नगरिकन विदा कटौती गर्यो, जुन कुरा आक्रमण शैलीमा गरेको थियो, कर्मचारीहरु र आफूहरु काम नगर्ने समाजका, धर्मका र महत्वपूर्ण विदाहरु कटौती गरेर समृद्धि हुन्छ ? नेपालको समृद्धिको लागि, राष्ट्रियता र अखण्डताको लागि नेपाली ख्रीष्टियन समुदाय एकदम सकारात्मक छ, बलजफ्ती रुपमा हामीले कसैलाई धर्म परिवर्तन गराउँदैनौं, नकारात्मक रुपमा कसैले त्यस्तो काम गरेको ठाउँमा सरकार छ कारबाही गरोस्।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली जनताको हित विपरित रहेको आरोप लगाए ।
उनले भने,‘प्रधानमन्त्री ओली निर्वाचित भएको केही दिनदेखि नै जनताको भावना विपरित हिड्न थाल्नुभएको छ, यो गलत छ, ईयूले दिएको निर्वाचन रिपोर्टसँग नेपाली ख्रीष्टियन समुदायलाई जोडेर विभेदकारी वचनहरु बोल्नुभयो, अरुले के गर्छन् त्यो हाम्रो कुरा होईन, हामी त यो देशका नागरिक हौं, हाम्रो पनि यस देशको बारेमा चिन्ता र चाँसो छ,  स्वास्थ्य शिक्षा अन्य विकासका कार्यहरुमा हाम्रो पनि उत्तिकै भूमिका छ ।’

गृहमन्त्रीले सत्य तथ्य पत्ता नलगाई हावाको भरमा ख्रीष्टियनले मन्दिर ढालेर चर्च निमार्ण गर्दैछन् भन्ने खबर पाएको छु अब कारबाही गर्छु भन्दै हिँडेको भन्दै उनले आपत्ति जनाए ।
उनले अघि थपे,‘यो कुरा गृहमन्त्रीले कसरी विश्वास गर्नुभयो, कसैलेपनि एक अर्कोको धर्ममा आँच आउने कुरा गर्नुहुँदैन, हामीले पनि भनेका छैनौं, चर्च बनाउन मन्दिर नै ढाल्नुपर्छ र ? खालि ठाउँमा बनाउँछाँ नि, मृत्युजस्तो संस्कारलाई पनि सम्मान गर्न नसक्ने सरकार त छ ।’
अध्यक्ष गहतराजले भने,‘सदाचार नीतिको ९.२.३ को उपदफा २ र १२ दफा नम्बर ९.२.५ को उपदफा ९ र दफा ९.२.४ को उपदफा ६,७, २४ र २५ ले प्रत्यक्ष रुपमा ख्रीष्टियनहरुको अधिकारलाई कुण्ठित गर्ने हाम्रो ठहर छ, त्यसैले तत्काल संशोधन गर्नको लागि सरकारसँग माँग गर्दछौँं ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...