के सुडानमा शान्ति सेनामा कार्यरत नेपाली सेनाले बलात्कार काण्डमा मुछिएकै हुन् त ?

Sudan nepali sena

काठमाडौं । शान्ति स्थापना गर्न गएका नेपाली सुरक्षाकर्मीले त्यसरी दानवीय व्यहार गर्लान् भने झट्ट सुन्दा पत्याउन गाह्रै पर्ला । तर, नेपालबाट सुडान गएका शान्ति सेना बलात्कार जस्तो जघन्य अपराधमा मुछिएका छन् ।

अरुको मुखबाट नेपाली सुरक्षाकर्मीले त्यसरी बलात्कार नै गरे होला भन्न सकिन्न । तर, संयुक्त राष्ट्र संघका प्रवक्ताले नै नेपालबाट सुडान गएका शान्ति सेनालाई बालिका बलात्कार गरेको आरोप लगाएका छन् ।

राष्ट्रसंघका प्रवक्ता स्टेफेन डुजार्रीक यस घटनालाई ‘जघन्य अपराध’ भनेका छन् । नेपाली सुरक्षाकर्मीहरुले दक्षिणी सुडानमा दुईजना टिनएजर बालिकाको बलात्कार गरेको आरोप अप्रिल १३ मा राष्ट्रसंघ कार्यालयलाई प्राप्त भएको उनले जानकारी दिएका छन् ।

दक्षिणी सुडानमा भएको द्वन्दको क्रममा नागरिकको सुरक्षा गर्न राष्ट्रसंघले १४ हजार ८ सय सुरक्षाकर्मी परिचालन गरेको छ । गत फेव्रुअरीमा यस्तै यौन हिंसा तथा महिलाको शोषण गरेको आरोपमा उत्तर पश्चिम सुडानमा कार्यरत घानाका ४६ सुरक्षाकर्मीलाई फिर्ता पठाइएको थियो ।

तर त्यस घटनामा कति सुरक्षाकर्मी थिए भन्ने यकिन भइनसकेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ । ‘कुनै पनि यौनजन्य हिंसा भयानक हो’, राष्ट्रसंघका प्रवक्ता डुजार्रीक भन्छन्, ‘त्यसमा पनि बालबालिकाको विषय जघन्य अपराध हो ।’

संयुक्त राष्ट्रसंघका महासचिव एनटोनियो गुटेर्सले दयनिय अवस्था रहेको द्वन्द पीडित मानिसहरुको हित गर्नुपर्ने शान्ति सेनालाई लागेको यस्तो दुव्र्यवहारको आरोपीलाई राष्ट्र संघले कडाइका साथ व्यवहार गर्ने प्रतिज्ञा गरेको बताएका छन् ।

आन्तरिक जाँचबुझ गर्न संयुक्त राष्ट्रसंघले गरेको आग्रहअनुसार नेपालले अनुसन्धानको लागि टोली पठाउन सहमत भइसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...