अंगुर पन्त बने राष्ट्रवादीको सचिव

Rpp angur

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) निकट युवा संघका महासचिव एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) काठमाडौंको सचिव बनेका छन् ।

एराप्रपा (राष्ट्रवादी) को मंगलबार काठमाडौंको भेलाले पशुपति समशेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) को राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका पूर्व महासचिव अंगुर पन्तलाई जिल्ला कार्यसमितिको सचिव चयन गरेको छ ।

लामोसमय राष्ट्रवादी आन्दोलनमा सक्रिय पन्तलाई एराप्रपा (राष्ट्रवादी) ले सचिवमा चयन गरेपछि राप्रपा (प्रजातान्त्रिक) मा भुइँचालो गएको छ । सोमबार मात्रै राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष राणाले तीन राप्रपालाई एकतामा आउन आग्रह गरेका थिए ।

एराप्रपा (राष्ट्रवादी) ले मंगलबार जिल्ला कार्यसमिति पुनर्गठन गर्दा श्याम घिमिरेलाई अध्यक्ष बनाएको छ । घिमिरेको नेतृत्वमा ५१ सदस्य कार्यसमिति गठन भएको छ ।

सो समितिमा उपाध्यक्षहरुमा मा अष्टनारायण महर्जन, वनमाली परियार, दुर्गा शाह र सालिग्राम अधिकारीलाई चयन गरेको छ । सचिवमा भने युवा नेता अंगुर पन्तलाई चयन गरेको छ ।

सदस्यहरुमा रामप्रसाद फुयाल, सिता नेपाली, रामचन्द्र अधिकारी, दुर्गा शाह, गुह्श्वरी हैजु, मन्दिरा ताम्राकार, इन्दिरा ताम्राकार, भवानी खरेल, हरी शाही लगायतलाई चयन गरेको पार्टी सहप्रवक्ता जनकराज पाठकले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...