४२७ नेपाली कतारमा अलपत्र

Alapatra  nepali

काठमाडौं । कतारको हमाद विन खालिद विन हमाद डब्लुएलएल एचकेएच कम्पनीमा कार्यरत ४ सय २७ नेपालीसहित अलपत्र परेका छन् ।

ति नेपाली सहित १२ सय विदेशी कादार त्यहाँ कार्यरत रहेकोमा उनीहरुको ४ महिनादेखि ७ महिनासम्मको तलव रोकिएको छ । तलब नपाउँदा कामदारलाई खानेकुरा जोहो गर्नसमेत समस्या परेको छ । 

कतारका महत्वपुर्ण परियोजना बनाउने जिम्मा लिएको एचकेएन कम्पनी कतारी राजपरिवारका सदस्य शेख हमाद विन खालिद विन हमाद विन अल थानीको हो । यो कम्पनीले आफ्ना कामदारलाई तलब दिन सकेको छैन ।

कम्पनीमा मासिक रुपमा २६ हजारदेखि २ लाख ३२ हजार रुपैयाँसम्म तलब बुझ्ने नेपाली छन् ।

पीडित कामदारले तलब दिलाइदिनका लागि सनैया–११ स्थित श्रम कार्यालय (लेबर कोर्ट) मा मार्चको २५ तारिखमा नै उजुरी दिएका थिए । कम्पनीको कार्यालयमा कार्यरत कर्मचारीले भने दफनास्थित श्रम लेबर कोर्टमा उजुरी गरेका थिए । 
 
पीडितले नेपाली दूतावास, कतार राष्ट्रिय मानव अधिकार समिति र अन्तर्राष्ट्रिय श्रम संगठनको कार्यालयमा तलब दिई उद्धार गरी पठाउन निवेदन दर्ता गरेका छन् । अधिकांश पीडितले तत्काल रोकिएको तलब दिई र टिकट काटेर स्वदेश पठाइदिन अनुरोध गरेका छन् । झन्डै ४० जनामात्रै अर्को कम्पनीमा काम गर्न तयार देखिएका छन् ।
 
कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाका अनुसार कतारको श्रम मन्त्रालयसँग समन्वय गरी समस्या समाधान गर्न पहल भइरहेको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...